शुक्लाफाँटाका सबै वडामा स्वास्थ्य सेवा पहुँच

रासस
चैत्र १, २०७८

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका १२ वटै वडाका बासिन्दामा स्वास्थ्य सेवा विस्तार भएको छ । दक्ष स्वास्थ्य जनशक्तिसहित नगरपालिकाका दुर्गम क्षेत्रका बासिन्दाको स्वास्थ्यमा पहुँच पुगेको हो । सामान्य रुपमा बिरामी हुँदासमेत स्थानीय बासिन्दाले विगतमा सदरमुकाम र टाढाका बजार क्षेत्रमा उपचार गर्नका लागि जानुपर्ने अवस्था विद्यमान थियो ।

वडावडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भई सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले घरदैलोमै सहज रुपमा स्वास्थ्य सेवा पाएका छन् । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार आठ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र र तीन वटा वडामा स्वास्थ्य चौकी रहेका छन् । बढी जनसङ्ख्या भएका दुई वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालना रहेका छन् । प्रत्येक स्वास्थ्य संस्थाबाट दैनिक चार सय बढी बासिन्दाले सेवा लिँदै आएका छन ।

“स्वास्थ्य संस्थामा विगतको तुलनामा दक्ष स्वास्थ्यकर्मीसँगै औषधिको पर्याप्तताले जटिल प्रकारका शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामी बाहेक अन्य बिरामीको उपचार सहज रुपमा हुने गरेको छ”, शाखा प्रमुख भट्टले भन्नुभयो,“औषधि निःशुल्क रुपमा उपलव्ध गराउने र परामर्श सेवासमेत सहज वातावरणमा स्वास्थ्यकर्मीले दिने गरेका छन् ।”

विगतमा प्रसूति हुनका लागि महिला जिल्ला सदरमुकाम र अन्य जिल्लामा जाने गरेकोमा हाल नगरपालिकाका पाँच स्वास्थ्य संस्थामा प्रसूति गृह सञ्चालनमा रहेका छन् । यससँगै स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रमा रोग पहिचानका लागि प्रयोगशालासमेत स्थापना गरी सञ्चालन गरिएका छन् ।

शल्यक्रिया बाहेकको प्रसूति सेवा स्वास्थ्य संस्थाबाटै सुरक्षित रुपमा तालिम प्राप्त स्वास्थ्यकर्मीले दिने गरेको उहाँले बताउनुभयो । गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउनका लागि स्वास्थ्य संस्थाका भवन निर्माणको कार्यमा समेत नगरपालिकाले जोड दिएको छ ।

तीन वटा स्वास्थ्य चौकीका पहिले देखिनै भवन रहेका छन । तीन वटै स्वास्थ्य चौकीमा प्रसूति गृहसमेत सञ्चालनमा रहेका छन् । सहरी स्वास्थ्य केन्द्रमासमेत प्रसूति गृह सञ्चालनमा छन । आधारभूत स्वास्थ्य केन्द्रका दुई वटा भवन निर्माण भई कार्य सञ्चालनमा रहेको छ ।

दुई वटा केन्द्रका भवन निर्माणाधीन अवस्थमा रहेका छन् । बाँकी चार आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माणका लागि जग्गा खोजीको कार्य भइरहेको छ । योसँगै नगरपालिकामा १० शय्याको नगर अस्पताल निर्माणको कार्यसमेत सुरु भएको छ । एउटा स्वास्थ्य चौकीबाट सञ्चालित हुने र अर्को नगरपालिकाबाट सञ्चालित हुने गरी दुई वटा एम्बुलेन्सको व्यवस्थासमेत रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • एन–प्याब्सन खेलकुद महोत्सव जारी

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८१
    पोखरा । १४ औं एन–प्याब्सन खेलकुद महोत्सवअन्तर्गत आइतबार छात्रछात्र फुटबल, छात्रछात्र बास्केटबल, क्रिकेट प्रतियोगिता भए । छात्र फुटबलतर्फ गण्डकी एकेडेमीले…
  • देशभरका कानून व्यवसायी पोखरामा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । नेपाल बार एसोसिएसनले न्यायपालिकामा पुनर्संरचनाको माग अघि सारेको छ । नेपाल बार एसोसिएसनको सोमबारदेखि सुरु हुने ५० औं…
  • देशभरका कान्छा न्यायाधीशले कसरी पढे ? सुनाए अनुभव

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । जिल्ला न्यायाधीशका लागि लोक सेवा आयोगले गत वैशाखमा लिएको खुला प्रतिस्पर्धात्मक परीक्षामा ८ जनामात्रै उत्तीर्ण भएका थिए ।…
  • प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । पोखरामा आयोजित १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ मा दुई स्कुल च्याम्पियन बनेका छन् । ५ दिनसम्म चलेको स्पोर्टस्…
  • आँगन सहकारीको पाँचौं साधारणसभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । पोखरा १३, गौडामुखस्थित आँगन बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । पर्यटकीयस्थल कार्की डाँडामा…

hero news full width