‘ज्येष्ठ नागरिकका अधिकार खोस्न मिल्दैन’

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७८
aged

लमजुङ । ज्येष्ठ नागरिकका अधिकार कुनै बहानामा खोस्न नमिल्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयको आयोजनामा भएको कार्यक्रमका वक्ताले सो कुरामा जोड दिएका हुन् ।
जिल्ला समन्वय समिति प्रमुख लोकराज पाण्डेले ज्येष्ठ नागरिकहरू अधिकांशले आफ्नो पिरमर्का भन्न नसक्ने हुँदा सरोकारवालाले उनीहरूलाई यथाशक्य सहयोग गर्नुपर्ने बताए । उनले ज्येष्ठ नागरिकको भत्ता पनि निमुखा, अशक्तहरूलाई बढी दिनुपर्ने तर्क गरे ।
मानवअधिकार आयोग पोखराका प्रमुख चन्द्रकान्त चापागाईंले कानुन कार्यान्वयनमा केही समस्या रहेको बताए । उनले ज्येष्ठ नागरिकलाई यातायातमा सुविधा दिने कानुन बनेको १५ वर्ष भए पनि कार्यान्वयन नभएको भन्दा दुःख लागेको बताए । उनले वृद्ध बाबुआमालाई भाइले पालेको छ र दाजुहरू पनि सक्षम छन् भने बाबुआमा पाल्ने खर्च बेहोर गर्नुपर्ने बताए । ६०/७० वर्षको सुविधाको विषय विभेद भए तापनि यो सकारात्मक हो भनेर बुझ्नु पर्ने उनको तर्क थियो ।
मानवअधिकार आयोगको केन्द्रीय कार्यालयका ज्येष्ठ नागरिक फोकलपर्सन कल्पना नेपाल आचार्यले लमजुङका विभिन्न ठाउँमा ज्येष्ठ नागरिकसँग प्रत्यक्ष भेट गरी वस्तुस्थिति बुझेको बताइन् । अध्ययनक्रममा ज्येष्ठ नागरिक भत्ता पाउन दुर्गममा समस्या भएको, कसैकसैको जस्ले बुझ्यो उसैले खाइदिने गरेको र अपहेलित अवस्था रहेको तथ्य खुलाइन् । ज्येष्ठ नागरिकमा परिवारबाट मायाप्रेम, सद्भावको कमी भएको गुनासो गरिन् । कतैकतै दिवासेवा सञ्चालन भएको, आयुर्वेदसँग सहकार्य गरी महिनामा २ दिन शिविर सञ्चालन गर्ने गरेको पनि पाएको उनले उल्लेख गरिन् । उनले गण्डकी प्रदेशका सबै जिल्लामा गएर यसरी नै २/२ वटा गालिकाको अध्ययन गर्ने र प्रतिवेदनलाई पुस्तकको रुपमा प्रकाशन गर्ने जानकारी दिइन् ।
सो अवसरमा सहभागी ज्येष्ठ नागरिकले राज्यले दिएको सुविधा यातायातमा ५० प्रतिशत लेखे पनि आफूहरूले पैसा नपाएको, बैंकहरू सुविधायुक्तस्थलमा भएको हुँदा दुरदराजका ज्येष्ठ नागरिकका लागि भत्ता लिन कठिन भएको, पारिवारको हेलाहोचो भएर जेलजस्तो जीवन बिताउन परेको, अस्पतालबाट पाउनु पर्ने सहुलियतको औषधि समेत नपाएको, स्वास्थ्य बिमाका कार्यक्रमबारे थाहा नभएकोजस्ता समस्या राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width