तालवाराही मन्दिरको ‘इतिवृत्ति’ लोकार्पण

आदर्श समाज सम्वाददाता
फागुन ३०, २०७८
talbarahi itishrees

पोखरा । पोखरा महानगरपालिका ६ मा अवस्थित ताल वाराही भगवती मन्दिरको पुस्तक ‘श्रीतालबाराही मन्दिर इतिवृत्ति’ आइतबार लोकार्पण गरिएको छ ।
ताल बाराही भगवती मन्दिर र पोखराका अन्य शक्तिपीठहरुको बारेमा जानकारीमूलक पुस्तक गण्डकी प्रदेश सभा सदस्य राजीब पहारीले लोकार्पण गरेका हुन् ।
सासंद् पहारीले सो पुस्तकको लोकार्पण गर्दै मन्दिर देवस्थल राष्ट्रका अमूल्य सम्पत्ति भएको भन्दै उनीहरुको रेखदेख र मर्मत सम्भारमा राष्ट्रले उचित व्यवस्था गर्नुपर्ने बताए । पहारीले तालको बीचमा मन्दिर विश्वमा विरलै देख्न पाइने भन्दै पोखराको गहना रुपमा रहेको भगवतीको मन्दिरलाई संरक्षणमा हामी सबै लाग्नुपर्नेमा जोड दिए । सासंद पहारीले मठ मन्दिर, गुम्बा र धार्मिक पर्यटकीय संस्कृतिहरुको विकास र संवद्र्धन गर्न छिटोभन्दा छिटो गण्डकी प्रदेश सरकारले ध्यान दिनुपर्नेमा जोड दिँदै प्रदेशमा सांस्कृतिक विकास र जगेर्नाको काम अझ व्यवस्थित गर्न आग्रह गरे । उनले पर्यटको बसाइँ लम्ब्याउन यस्ता पर्यटकीय धार्मिक स्थलहरु निर्माणमा ध्यान दिन र संरक्षणमा सक्रियतापूर्वक लाग्न युवा पुस्ताको महत्वपूर्ण भूमिका हुने बताए ।
संस्थाका कोषाअध्यक्ष तथा लेखक प्रेमराज पहारीले मन्दिरको बारेमा जान्न र बुझ्न चाहने जिज्ञासुहरुलाई ज्ञान दिन सक्ने एकीकृत जानकारीमूलक दस्तावेजको आवश्यकता महसुस गरी कृति प्रकाशनमा ल्याएको बताए । पुस्तकले हालसम्म प्रकाशनमा नआएका कुराहरुलाई प्रकाशनमा ल्याउनु र जिज्ञासुहरुको जिज्ञासा मेटाउनेमा आफू विश्वस्त रहेको बताए ।
श्रीताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिले प्रकाशनमा ल्याएको पुस्तकको प्रधान सम्पादकमा प्रेमराज पहारी र सम्पादकहरु परशुराम पहारी र धुव्रराज बराल छन् ।
कार्यवाहक अध्यक्ष प्रशुराम शर्मा पहारीको सभाअध्यक्षतामा भएको कार्यक्रममा दितिय उपाध्यक्ष जुना अधिकारी सचिब धुव्रराज बराल,पूर्व सल्लाहकारहरु चुडामणी पहारी, होमबहादुर लामिछाने, तोप बहादुर अधिकारी बैदाम सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष मिना भट्टराई वडा सदस्य पुष्पा घले पहारी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्दै हिन्दू धर्म एवं संस्कृतिको संरक्षण तथा संम्वद्धनमा लाग्न जोड दिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width