रेशमलाई स्लो बाइक रेसको उपाधि

आदर्श समाज सम्वाददाता
फागुन ३०, २०७८
Slo Bikes

लमजुङ । लमजुङमा सञ्चालन गरिएको स्लो बाइक रेस प्रतियोगिताको उपाधि रेशमले प्राप्त गरेका छन् । रोट्याक्ट क्लब अफ लमजुङले ट्राफिक सचेतनाका लागि यहाँ स्लो बाइक रेस प्रतियोगिता गरेको हो ।
रोटा सप्ताहको विशेष अवसर पारेर सडक दुर्घटनालाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउने उद्देश्यलले सचेतनामूलक स्लो बाइक रेसको आयोजना गरेको आयोजकको भनाइ छ । जिल्ला ट्राफिक कार्यालयसँग समन्वय गरी प्रतियोगिता सञ्चालन गरिएको हो ।
प्रतियोगितामा बेंसीसहरका रेशम भारतीले निर्धारित दूरी सबैभन्दा कम रेसमा चलाउन सफल भएर विजेता बनेका हुन् । भारतीले निर्धारित ५० मिटर दूरी २ मिनेट ४२ सेकेन्ड लगाएर पार गरेको आयोजक क्लबका सचिव शिशिर गैेरेले बताए । उनकाअनुसार कुल २८ जनाले भाग लिएको सो प्रतियोगितामा बेंसीसहरकै अरुण श्रेष्ठ दोस्रो र सञ्जित लामा तेस्रो भएका छन् । दोस्रो हुनेले निर्धारित दूरी १ मिनेट ३२ सेकेन्डमा पार गरेका थिए भने तेस्रो हुनेले १ मिनेट १८ सेकेन्डमा निर्धारित दूरी पार गरेका हुन् ।
विजेतामध्ये पहिलोलाई २ हजार, दोस्रोलाई १ हजार ५ सय र तेस्रोलाई १ हजार बराबरका सामग्रीसहित ट्रफी र प्रमाणपत्र प्रदान गरेको आयोजकको भनाइ छ ।
बेंसीसहर नगरपालिका मेयर गुमानसिंह अर्यालले विजेताहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गरे । प्रतियोगिताका विजेताहरुको पुरस्कारका लागि बेंसीसहर नगरपालिकाले आर्थिक सहयोग गरेको थियो ।
‘छिटो गए भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ’ भन्ने नाराका साथ स्लो बाइक रेस खुला प्रतियोगिता आयोजना गरिएको क्लबका सचिव शिशिर गैेरेले जानकारी दिए । उनका अनुसार मार्च १३ अन्तर्राष्ट्रिय जगतमा रोट्रयाक्टको स्थापना दिवस भएकोले यो सातालाई वार्षिक रोटा सप्ताहको रुपमा मनाइन्छ ।
तीव्र गतिले दिनानुदिन सवारी दुर्घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यस्तो कार्यक्रमले त्यसमा सचेतना मिलेको सहभागीहरुले बताएका छन् । अन्तर्राष्ट्रिय सञ्जालमा आबद्ध रोट्रयाक्ट क्लबले मार्च १३ देखि १९ सम्म विभिन्न कार्यक्रम तथा प्रतियोगिता गरी रोटा सप्ताह मनाउने गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width