एमसिसी पढाउन कांग्रेस कार्यकर्ता घरघरै

आदर्श समाज सम्वाददाता
फागुन ३०, २०७८
Congress Flag

पोखरा । विदेशी अनुदानलाई पहिलो पटक नेपालको संसदबाट अनुमोदन गरेपछि सार्वभौमिकतामाथि धेरैको चासो र चिन्ता जीवित छ । प्रदेश र प्रतिनिधिसभासम्म सांसदहरुले दैनिकरुपमा अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसनको विरोध गरिरहेका छन् । उनीहरुले विरोध मात्रै गरेका छैनन्, यो कार्यक्रम नै खारेज हुनुपर्ने माग राखेका छन् । कांग्रेस नेतृत्वमा रहेको सत्ता गठबन्धनको सहमतिपछि व्याख्यात्मक टिप्पणी थपेर प्रतिनिधिसभाबाट एमसिसी पास भएको छ । एमसिसीमा एमालेको विरोध छैन । त्यसो त पूर्व प्रधानमन्त्री केपी ओलीकै सरकार हुँदा एमसिसी संसदमा दर्ता भएको थियो । उक्त विधेयक अहिलेको सरकारले अघि बढाएको हो । एमसिसी पास गरेपछि राजनीतिक पार्टीहरुप्रति नागरिकको प्रहार बढेको छ ।
यही बीचमा सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ । मिति नसरे वैशाख ३० गते स्थानीय निर्वाचन हुनेछ । एमसिसी पास गरेबापत मत नोक्सान हुने आकलन गरेको कांग्रेसले एमसिसीका राम्रा पक्षबारे जानकारी गराउन घरघरै नेता कार्यकर्ता खटाएको छ । कास्कीमा आइतबारदेखि अभियान सुरु भएको हो । एमसिसीमा परेका भ्रम हटाउन र कांग्रेसलाई आगामी निर्वाचनमा विजयी गराउनका लागि मतदाता फकाउने उद्देश्यले अभियान सुरु गरिएको कास्की कांग्रेसका सचिव भानु ढकालले जानकारी दिए । ‘सबै वडामा टोली खटिएको छ । अब उनीहरुलाई केन्द्रबाट आएको एमसिसीको दस्ताबेजसहित फिल्डमा खटाइन्छ,’ उनले भने, ‘प्रतिनिधिहरु वडामा गएर त्यहाँका भ्रातृ तथा शुभेच्छुक संस्थाहरुसँग समन्वय गरी काम सुरु गर्छन् ।’

सयौं मान्छेलाई मञ्चमा बोलाउने र बहुमूल्य समय भाषण र आसनमा बिताउने चलन छ, अब परिवर्तन गरौं

कांग्रेसले केन्द्रीय कार्यक्रम अनुसार नै ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान थालेको हो । कास्कीमा केन्द्रीय सदस्य धु्रव वाग्ले खटिएका छन् । एमसिसीसँगै कांग्रेसको सिद्धान्त, नीति र विचारलाई आम मानिसमा पुर्‍याउन कांग्रेसले यो अभियान चलाउन लागेको सभापति किशोरदत्त बरालले बताए । ‘यो मुलतः कांग्रेसलाई चलायमान बनाउने अभियान हो । चुनाव एकातिर छँदै छ, कांग्रेसका बारेमा नागरिकलाई बुझाउनु मुख्य दायित्व हो,’ उनले भने, ‘अहिले सन्दर्भ स्थानीय निर्वाचन पनि परेकोले चुनाव केन्द्रित अभियान पनि हुन्छ ।’ वडामा खटिन महाधिवेसन प्रतिनिधि र महासमिति सदस्यको संयोजकत्वमा ५ सदस्यीय टोली बनेको छ ।
अभियानको सुरु गर्दै वाग्लेले भने, ‘अहिले जनताको बीचमा कांग्रेस उभिएको छ । इतिहासले मात्रै भोट दिँदैन, इतिहासले मात्रै कांग्रेसले जित्दैन । इतिहास सम्झिएर शक्ति प्राप्त गर्दै त्यसलाई जनस्तरमा पुर्‍याउनुपर्छ ।’ उनले अहिलेको अभियान कांग्रेसभित्रको कटुता बिर्साएर अंकमाल गर्ने कार्यक्रमको रुपमा आएको तर्क गरे । ‘हामीले सबै क्षेत्रको प्रतिनिधित्वका साथ घरघरमा पुग्नुपर्छ । परम्परागत ढाँचाले मात्रै, सयौं मान्छेलाई मञ्चमा बोलाउने र बहुमूल्य समय भाषण र आसनमा बिताउने चलन छ,’ उनी भन्छन्, ‘अब परिवर्तन गरौं । जनताका कुरा सुनौं । त्यसपछि मात्रै कांग्रेसको शक्ति ब्युँझिन सक्छ ।’ वाग्लेले टोलबाट संकलन भएका समस्याबाटै पालिकाको घोषणापत्र तयार हुने बताए । त्यसबाहेक मतदाताका विवरण संकलन गर्ने काम पनि यही अभियानमा हुनेछ ।
‘कसैसँग पनि जादुको छडी छैन कि एउटै कुराबाट सबै मत प्राप्त होस् । हामी धेरै एजेन्डाहरुबाट मत माग्नुपर्ने छ । ती सबै मत एकीकृत गर्नुपर्छ,’ उनी भन्छन्, ‘स्वार्थ, मायाजाल र मोहका आधारमा उम्मेदवारको निर्णय गर्‍यौं भने जनमतले समर्थन गर्दैनन् । अहिले भोट माग्ने मान्छेको व्यक्तित्व लोकप्रिय हुनुपर्छ ।’ वडाबाटै उम्मेदवार सिफारिस हुने भएकोले जनस्तरमा भिजेको व्यक्ति खोजी गर्न वाग्लेको आग्रह छ । कांग्रेसले धेरै ठूला क्रान्तिको नेतृत्व गरेको र त्यसबारे जनतालाई बुझाउन सके निर्वाचनबाट जीत हात पार्ने उनको भनाइ छ । कांग्रेसले अहिले टोल कार्यसमितिसमेत गठन गरिरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width