बास्थला गनगनेको १६ औं साधारण सभा

आदर्श समाज सम्वाददाता
फागुन २९, २०७८
water

पोखरा । बास्थला गनगने पंधेरा खोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति पोखरा १३ आर्वा को १६ औं वार्षिक साधारण सभा तथा उपभोक्ता भेला शुक्रबार भएको छ ।
भेला पोखरा १३ का अध्यक्ष दर्शन लामाले उद्घाटनपछि खानेपानीको पहुँच सबै जनता सम्म पुर्‍याउन पहिलो प्राथमिकताअनुसार वडाले काम गरेको बताए । उनले आफ्नो कार्यकालमा वडा नं १३ लाई नमुना वडा बनाएको दाबी गर्दै आगामी दिनमा आफू जहाँ रहे पनि वडाको समग्र विकासमा ध्यान दिने प्रतिबद्धता जनाए ।
रतन पाण्डे माविका प्रधानाध्यापक डिल्लीराम बरालले खानेपानी उपभोक्ता समितिले विद्यालयमा खानेपानीको व्यवस्थापन गरेको उल्लेख गर्दै समितिको काम सराहनीय भएको बताए ।
आर्वा मौजा कुलायन मार्ग सडक उपभोक्ता समितिका अध्यक्ष शरदचन्द्र बरालले आगामी आर्थिक वर्षभित्र आर्वा मौजा कुलायन मार्गअन्तर्गत निर्माण भइरहेको बाँकी सडकको काम निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । भेलामा पत्रकार तथा मोहरपानी आदर्श टोल विकास संस्था पोखरा १३ आर्वाका अध्यक्ष श्रीराम सिग्देलले समग्र आर्वाको विकास सबैले गम्भीर रुपमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा अमरज्योति आविका प्रधानाध्यापक विमलबहादुर बराल, शान्तेडाँडा सहेले सालघारी वन उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद बराल, जागरण आमा समूहकी अध्यक्ष राधादेवी बराल, अर्ध नारेश्वर टोल विकास संस्थाका अध्यक्ष टीकाराम बराल, छापाको चौतारा टोल विकास संस्थाका अध्यक्ष राधाकृष्ण बराल, उपभोक्ता भोजराज बराल, खानेपानीका कर्मचारी रुद्रनाथ बराललगायतले बोलेका थिए ।
कार्यक्रमबीच विभिन्न पदमा रही काम गरेका तथा जग्गादाताहरु टंकनाथ बराल, गंगादेवी बराल, होमविलास बराल, भोजराज बराल, सुकदेव बराल र रुद्रबहादुर कुइँकेल लाई सम्मान गरिएको छ ।
बास्थला गनगने पँधेरा खोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नरबहादुर बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष घनश्याम बरालले स्वागत र कोषाध्यक्ष मधुमाया बरालले सञ्चालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width