हस्पिटलचोकमा श्रीवृद्धिको शिविर

आदर्श समाज सम्वाददाता
फागुन २९, २०७८
url

पोखरा । सामाजिक उत्तरदायित्व बहन गर्दै श्रीवृद्धि बचत तथा ऋण सहकारी पोखरा १० ले हस्पिटलचोकमा निशुल्क शिविर आयोजना गरेको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) हस्पिटलचोक शाखाको प्राविधिक सहयोगमा भएको शिविरमा ४ सय २२ जनाको मधुमेह, रगतमा हुने खराब बोसो (टिजी) को रगत जाँच र पिसाब जाँच निशुल्क गरिएको छ ।
कार्यक्रममा वरिष्ठ फिजिसियन प्राडा बुद्धिबहादुर थापाले केही रोग अन्तरसम्बन्धित भएको र एउटा लागेपछि अर्काे रोग लाग्ने जोखिम हुने बताए । उनले नेपालमा सरुवा रोगको प्रकोप कम भएको देखिए पनि नसर्ने रोगले धेरैलाई पीडित बनाएको उल्लेख गरे । सर्वसाधारणले रोग लागेपछि मात्र होइन, बेला बेलामा स्वास्थ्य जाँच गराई तन्दुरुस्त रहनुपर्नेमा उनले जोड दिए ।
श्रीवृद्धि सहकारीका अध्यक्ष मीनबहादुर गुरुङले युआरएलसँग सहकार्य गरी सामाजिक उत्तरदायित्व बहन गरिएको बताए । उनले राज्यले जिम्मा लिनुपर्ने स्वास्थ्य क्षेत्रमा जनताको पहुँच कम हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटरसमेत रहेका गुरुङले नागरिक र संघ, संस्थाले यस खालका कार्यक्रम गर्दा धेरै सेवाग्राही लाभान्वित हुने सुनाए ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विश्वराज बरालले अव्यवस्थित जीवनशैली र खानपिनका कारण नेपालमा मुटुरोगी बढ्दै गएको उल्लेख गरे । उनले खानपान, जीवनशैली सुधार गर्दै हृदयघात, हार्टफेलियर लगायत समस्याबाट जोगिन सर्वसाधारणमा अनुरोध गरे ।
श्रीवृद्धि सहकारीकी सञ्चालक समिति सदस्य डा. विनीता शर्मा कोइरालाले ससानो हेलचेक्र्याइँले बिग्रिने स्वास्थ्य कतिपय अवस्थामा जतिसुकै खर्च गरे पनि पूर्ववत् अवस्था आउन नसक्नेतर्फ सचेत गराइन् ।
युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले रोग लाग्नुभन्दा पनि रोग लाग्नै नदिन विभिन्न संघ, संस्थासँग सहकार्य र आफ्नै आयोजनामा समेत निशुल्क शिविर गर्दै आएको उल्लेख गरे । युआरएलले अहिलेसम्म १ सय ११ औं शिविरमा केही रोगका निशुल्क रगत जाँच गर्दै आएको छ । अहिलेसम्म ८० हजारले निशुल्क सचेतना र शिविरमा भाग लिएका छन् ।
शनिबार रगत जाँच गराएकालाई आगामी शुक्रबार विशेषज्ञको परामर्शसहित रिपोर्ट वितरण गरिने आयोजकले जनाएको छ । विशेषज्ञको परामर्शसमेत निशुल्क हुनेछ । वरिष्ठ फिजिसियन प्राडा बुद्धिबहादुर थापा र स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा. कृष्णराज अधिकारीले रिपोर्ट लिन आउने सर्वसाधारणलाई परामर्श दिने छन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width