हिमालय आविलाई लेकसिटीको सहयोग

आदर्श समाज सम्वाददाता
फागुन २९, २०७८
lions lakecitys

पोखरा । लायन्स क्लब अफ पोखरा लेकसिटीले कास्कीको मादी गाउँपालिका ५,चितेपानीमा रहेको हिमालय आधारभूत विद्यालयका अध्यनरत छात्राछात्रलाई पोसाक, खेलकुद तथा शैक्षिक सामग्री वितरण गरेको छ । एउटा विद्यालयमा चाहिने सम्पूर्ण शैक्षिक र खेलकुद सामग्री तथा पोसाक वितरण गर्ने सूचीमा लायन्स लेकसिटी पहिलो बन्यो ।
सामाजिक उत्तरदायित्व बहनअन्तर्गत पोखराको अग्रणी लायन्स क्लब लेकसिटीले विद्यालयमा अध्ययनरत १९ जना बालबालिकालाई सहयोग गरिएको क्लबका अध्यक्ष कैलाश पालिखेले जानकारी दिए । उनले ती शैक्षिक सामग्रीको प्रयोगको सामान्य तरिका पनि सिकाए । क्लबलाई शैक्षिक सामग्री जुटाउन सदस्य मोहनसिंह लालचनले सघाएका थिए ।
शनिबार विद्यालयमा आयोजित हस्तान्तरण कार्यक्रममा लायन्स क्लब ३२५ बि १ नेपालका एमसिसी दीपक श्रेष्ठले अन्धोपन निवारणको लागि चिनिएको लायन्स शिक्षाको ज्योति बाल्ने अभियानमा पनि उत्तिकै क्रियाशील रहेको बताए । उनले विद्यार्थीको संख्या गौण र गुणस्तरीय शिक्षा महत्वपूर्ण रहेकोले गुणस्तरीय शिक्षामा जोड दिए ।
विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी पौडेलले लायन्सको सहयोगलाई निभ्न लागेको बत्तीमा तेल थप्ने अभियानको रुपमा लिइएको बताए । मादी गाउँपालिका ५ का वडा सदस्य होमनाथ अधिकारीले शैक्षिक गुणस्तर सुधारको लागि अभिभावकको चासो आवश्यक रहेको धारणा राखे ।
सहयोगदाता मोहनसिंह लालचनले आफू कक्षा ७ मा पढ्दा जम्मा ४ जनामात्रै विद्यार्थी भएको स्मरण गर्दै सबैले पढ्न पाउन भन्ने चाहनाले आम्दानीको केही भाग शिक्षाको लागि खर्च गर्दै आएको बताए ।
क्लबका पूर्वअध्यक्ष तथा डिपुटी चिफ एडभाइजर टोपबहादुर थापाको स्वागत तथा क्लब सेक्रेटरी विद्या मर्सानीको सञ्चालन रहेको कार्यक्रममा सो क्षेत्रका आमा समूह, अभिभावक तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम तथा लायन्स क्लब अफ पोखरा लेकसिटीका अध्यक्ष कैलाश पालिखेले शैक्षिक क्षेत्रमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width