महोत्सवमा एकै दिन २५ हजार दर्शक

आदर्श समाज सम्वाददाता
फागुन २९, २०७८
Lekhnath Mahotsav Ramsaran

लेखनाथ । १७ औं संस्करणको लेखनाथ महोत्सवको तेस्रो दिन शनिबार २५ हजार दर्शकले अवलोकन गरेका छन् । शनिबारमात्रै ५० लाख बराबरको कारोबार भएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सवमा प्रचार संयोजक गोपीचन्द्र बास्तोलाका अनुसार महोत्सव सुरुयता हालसम्म ७५ हजार दर्शकले महोत्सव अवलोकन गरिसकेका छन् । यस्तै, हालसम्म हालसम्म १ करोड १० लाख बराबरको कारोबार भएको बास्तोलाको दाबी छ ।
महोत्सवमा कलाकार राजु परियार, बालकलाकार आयुषा गौतम, राजन कार्की, मञ्जु बिक, केशव देवकोटा, मधु चापागार्इं लगायतको प्रस्तुतिले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो । हास्यव्यग्यतर्फ राजा राजेन्द्र र लाइभ कन्सर्टमा साहिमा श्रेष्ठ वसन्त सापकोटा र सन्दीप क्षत्रीको प्रस्तुति रहेको थियो ।
फागुन २६ देखि सुरु महोत्सवमा विभिन्न बस्तु तथा उत्पादनका ३ सय बढी स्टल राखिएका छन् । महोत्सवमा रत्यौली कार्यक्रम, विद्यालयस्तरीय कार्यक्रम, कृषि तथा पशुपंक्षी, सूचना प्रविधि, शैक्षिक, हस्तकलाको प्रदर्शनी जातजातिको सम्मानमा लोप हुन लागेका रीतिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी रहेका छन् ।
‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सव चैत ७ गतेसम्म सञ्चालन हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width