प्रवासीसहित ६६ जिल्लाका अधिकारी बुटवलमा

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७८
Adhikari Aadibesan 3

बुटवल । लुम्बिनी प्रदेशको औद्योगिक नगरी बुटवलमा प्रवासका शाखासहित मुलुकका ६६ जिल्लाका अधिकारीहरु बुटवलमा भेला भएका छन् । कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपालको छैटौं केन्द्रीय महाधिवेशन सफल बनाउन शुक्रबार उनीहरु बुटवल पुगेका हुन् ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष खेमराज अधिकारीले महाधिवेशन उद्घाटन गरे । उनले प्रतिष्ठान गठन गर्नुको एकमात्र उद्देश्य अधिकारी बन्धुहरुलाई एकीकृत गर्ने र दुखसुखमा साथ दिनु भएको बताए । अहिले पनि अधिकारीहरुका ४÷५ वटा संगठन हुनु दुखद भएको उनको भनाइ थियो ।
संविधान सभाका सदस्य बलराम अधिकारीले हाम्रो उद्देश्य, लक्ष्य र काम एकै छ भने एकीकृत हुन किन नसक्ने ? भनी प्रश्न गरे ।
संविधान सभाका सदस्य एवं पूर्व सांसद शंकरनाथ अधिकारीले (सिन्धुली) आर्य संस्कृति विश्वमा नै ज्येष्ठ संस्कृति भएको हुँदा यसको खोज, संरक्षण र प्रवद्र्धनका लागि सक्रिय हुन जरुरी भएको बताए । उनले अधिकारी वंशावलीलाई वेभ साइटमा सुरक्षित गर्न १ वर्षको वृद्ध भत्ताबापत प्राप्त हुने रकम प्रतिष्ठानलाई प्रदान गर्ने घोषणा गरे ।
शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी (कपिलवस्तु) ले वंश उत्थानका लागि संस्थागत विकासको खाँचो औंल्याउँदै त्यस्ता व्यक्तित्व नेतृत्वमा आउनुपर्नेमा जोड दिए ।
अधिकारी समाज दाङका अध्यक्ष देवीदास अधिकारी, अधिकारी समाज चितवनका अध्यक्ष देवीरमण अधिकारी, अधिकारी बन्धु समाज काठमाडौंका उपाध्यक्ष एकराज अधिकारी, अधिकारी समाज कास्कीका अध्यक्ष लीलाधर अधिकारीलगायतले सबै संस्थाहरुबीच एकता हुनुपर्नेमा जोड दिए ।
कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नरेन्द्रकुमार अधिकारीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा वंश प्रतिष्ठानलाई जग्गादान गर्ने केन्द्रीय सल्लाहकार जंगबहादुर अधिकारी, संस्थापक अध्यक्ष, संविधान सभाका सदस्यद्वय शंकरनाथ अधिकारी र बलराम अधिकारी, मेयरद्वय हरि अधिकारी र नेत्रराज अधिकारीसहित प्रतिष्ठानको संस्थागत विकासमा योगदान पु¥याउने विभिन्न ३२ जनालाई सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • धारापानी माविको ७४ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । कास्कीको अन्नपूर्ण–३, पाउँदुरस्थित धारापानी माध्यमिक विद्यालयको ७४ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोह शुक्रबार भएको छ…
  • नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नदीपुरस्थित नेपाल भारतमैत्री पुस्तकालय सहजरुपमा सञ्चालन गर्न नेपाल भारत मैत्री…
  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…
  • सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’

    रासस माघ ११, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यम उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भएको छ । ‘ब्रेक थ्रू’…
  • राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बिहीबारदेखि ३३ औं राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव…

hero news full width