बुटवल–नारायणगढ सडक विस्तार सुस्त

रामकुमार श्रेष्ठ
फागुन २८, २०७८
butwal narayangadh

नवलपुर । बुटवल–नारायणगढ सडक विस्तार हालसम्म नवलपुर खण्डमा अधिकांश काम सकिसक्नु पर्नेमा भत्काउने काम पनि सकेको छैन ।
माघ १९ सम्म ९० प्रतिशत अर्थात् सडक विस्तारको अधिकांश काम सकिसक्नु पर्नेमा सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेटले जम्मा १२ प्रतिशत मात्र काम सकेको छ । नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका योजना प्रमुख रमेशकुमार दिष्टीले लक्ष्यभन्दा ७८ प्रतिशत कम काम भएको बताए ।
कम्पनीले काम गर्न ढिलाइ गरेको भन्दै आलोचना भइरहेको बेला उनले विभिन्न कारण देखाउँदै काम ढिलो भएको बताएका छन् ।
कम्पनीले निर्माण व्यवसायीबाट निर्माण आरम्भमा ढिलाइ गर्नु, रुख कटान गर्नु पर्ने संख्या बढ्नु र कटान आदेश ढिलो गरी प्राप्त हुनु, कोभिडको महामारीले काम गर्न समस्या हुनु, विद्युत लाइन सार्न समस्या हुनु आदि कारण देखाइ काम ढिलो हुनुको कारण्ण पेश गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपुरले आयोजनामा जिल्लाका सरकारी कार्यालयको कार्यप्रगति समीक्षा कार्यक्रममा यस्तो बताइएको दिष्टीले बताए ।
त्यसैगरी उनले सडक विस्तारमा ढिलो हुनुका कारणलाई खानेपानी लाइन स्थानान्तरण गर्न समस्या, बर्षादको पानी निकासको समस्या, काठदाउरा हस्तान्तरणमा समस्या लगायतका कारण पनि अगाडि सारेका छन् ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सडक विस्तारको काम छिटो गर्न मजदुरको संख्या बढाउन निर्देशन गरे । सडक विस्तारको क्रममा विस्तार भन्दा पनि विनाश बढी देखिएको भन्दै १०/१० किलोमिटर खण्डमा सडक विस्तार सक्दै अगाडि बढ्न पनि आग्रह गरे ।
दिष्टीले पछिल्लो समय सडकमा काम गर्ने मजदुरको संख्या बढाएर ६ सय पुर्‍याइएको, वर्षा अगावै कल्भर्ड निर्माणको काम सक्ने गरी अगाडि बढिएको, बर्षा अगावै भत्किएका सडकहरु पुनर्निर्माण गर्ने गरी काम थालिएको बताए ।
सडक विस्तार ढिलो हुँदा १ देखि सवा १ घण्टामा पार गर्न सकिने नवलपुर सडक खण्ड पार गर्न ३ घण्टा बढी लाग्ने गरेको छ । जसले गर्दा यात्रुलाई निक्कै सास्ती हुने गरेको छ । ठाउँठाउँमा जीर्ण भएका सडकहरु मर्मत नहुँदा धुलाको प्रदुषणले यात्रुहरुले सास्ती खेप्नु परेको छ ।
६४.४२५ किलोमिटर सडक खण्ड रहेको नवलपुरमा १७.६ किलोमिटर ६ लेन, ४२.७ किलोमिटर ४ लेन, ४.१ किलोमिटर ३ लेन (दाउन्ने खण्ड), ठूला पुल १२ वटा, साना पुल २२ वटा र कल्भर्ट २१५ वटा निर्माण हुनेछन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width