पोखरा । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई दशा लागेकाले दुइतिहाईको सरकार ढालेको टिप्पणी गरेका छन् । ‘सरकार ढालेर गएर हेर्नुस्, त ढोका बाहिर पर्खिएर बसेका हुन्छन्, भित्रबाट प्रसाद आउँछ कि भनेर’ प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले भने, ‘कताका जंगेहरू कताका बंगे भए । बुद्धि बिग्रिएपछि त्यो हुन्छ, तपाईंहरूले त्यो गर्नु हुँदैन ।’ अहिलेको राजनीतिक दुई धारमा बाँडिएको उनको भनाइ छ ।
उनले सामाजिक सञ्जाल प्रयोग गर्दा आफू र अरुको समय बर्बाद बनाउने खालको हुन नहुने सुझाव पनि दिए । स्वतन्त्रताको नाममा पित पत्रकारिता गर्नु बेइमानी हुने भन्दै एमाले अध्यक्ष ओलीले निष्ठाको पत्रकारिता, कत्र्तव्यको पत्रकारिता, विकासको पत्रकारिता गर्नुपर्ने सुझाव दिए । उनले राज्यको चौथो अंगबाट राष्ट्रको जिम्मेवारी बहन गर्न प्रेस चौतारीको महाधिवेशनले एकताको सन्देश देओस् भनी सदीक्षा व्यक्त गरे ।
सो अवसरमा एमाले महासचिव शंकर पोखरेलले प्रचण्डको छेपारे चरित्रले छेपारो नै लजाउने गरेको आरोप लगाए । एमाले सचिव पद्मा अर्यालले एमालेलाई ढलाउन सबै शक्ति लागेको आरोप लगाइन् ।
गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राज्यको चौथो अंग मजबुद बनाउनुपर्नेमा जोड दिंदै गण्डकीले संचारमैत्री विधेयक पारित गर्ने आश्वासन दिए ।
चौतारी अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रेस काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेल, बान अध्यक्ष उज्वल चौलागाईं, फोनिज अध्यक्ष डण्ड गुरुङ, संचारिका समूह अध्यक्ष नीतु पण्डित, वरिष्ठ उपाध्यक्ष माधव नेपाल, महासचिव राजेश राईले बोलेका थिए । पोखरा सभागृहमा भएको उद्घाटन समारोहमा बद्री पंगेनीले गीत गाएका थिए । २ दिनसम्म चल्ने महाधिवेशनले १ सय ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने महाधिवेशन संयोजक गणेश पाण्डेले बताए । महाधिवेनमा प्रतिनिध एवं पर्यवेक्षक गरी करिब ११ सय सहभागी छन् ।
यसैबीच, सो अवसरमा चौतारीले विभिन्न पुरस्कार वितरण गरेको छ । प्रेस चौतारीले २०७७ सालको हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कारबाट चौतारीका पूर्व अध्यक्ष राजेन्द्र अर्याल, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार कृष्णविनोद लम्साल (सुनसरी), डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार सागर पण्डित (तनहुँ), वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार केपी गौतम (गोरखापत्र), प्रेस चौतारी पद्मलक्ष्मी–सावित्री वस्नेत स्मृति पत्रकारिता पुरस्कार अब्दुल्लाह मियाँ (काठमाडौं) लाई पुरस्कृत गरेको छ ।
यस्तै, २०७८ सालको हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार चौतारीका पूर्व अध्यक्ष गगन विष्ट, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार लेखक तथा राजनीतिक विश्लेषक झलक सुवेदी, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार अनुप तिवारी (पर्सा), डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार हिरा परियार (रुकुम पश्चिम), प्रेस चौतारी पद्मलक्ष्मी–सावित्री वस्नेत स्मृति पत्रकारिता पुरस्कार शिवराज भट्ट (कैलाली), चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार शान्ति गुरुङ (कास्की) लाई पुरस्कृत गरेको छ।
Related News
सम्बन्धित समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
hero news full width
मुख्य समाचार
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
पौष २९, २०८१पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश
पौष २९, २०८१