पोखरा । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्की अध्यक्षमा मानिन्द्र कुमाल सर्वसम्मत निर्वाचित भएका छन् ।
संस्थाको सातौं जिल्ला अधिवेशनबाट उपाध्यक्षमा प्रथम छन्त्याल, विजेन्द्र चौधरी र बुद्धिमाया थापामगर, सचिवमा विष्णुमाया गुरुङ, सहसचिवमा प्रमिला श्रेष्ठ, भीमकुमारी पुनमगर (पुष्पा) र वसन्त भट्टचन एवं कोषाध्यक्षमा चन्द्र तामाङ (मुस्कान) सर्वसम्मत निर्वाचित भए ।
१७ सदस्यीय परिषद्का सदस्यमा यमकुमारी गुरुङ, लज्जावती दुरा, फुर्वा छिरिङ ताङ्वे, मनकुमारी तामाङ, रामबहादुर रजत, मीना श्रेष्ठ, देउकुमारी थापामगर र ढकमाया भुजेल रहेका छन् ।
यसअघि, अधिवेशन उद्घाटन गर्दै संविधानसभा सदस्य राजकाजी गुरुङ (करण) ले आफ्नो पहिचान र अधिकारका लागि आदिवासी जनजाति समुदायले एकताबद्ध भएर निरन्तर खबरदारी गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज गणेश थकाली, प्रदेश अध्यक्ष खेम पुनमगर, नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, तनहुँ अध्यक्ष बसुन्धरा घर्ती, लमजुङका अध्यक्ष हरिजंग तामाङ, भुजेल समाज सेवा समितिका महासचिव पानबहादुर घर्तीलगायतले बोलेका थिए ।
नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीका निवर्तमान अध्यक्ष धर्म गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बमबहादुर छन्त्यालले गरेका थिए ।
–धनबहादुर गुरुङ, विद्यार्थी पत्रकार
Related News
सम्बन्धित समाचार
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव
पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने
एन प्याब्सन महाधिवेशन फागुनमा
रिहर्सलमा ‘सपना डिलक्स कोच’
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
hero news full width
मुख्य समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१