कोरियाको छात्रवृत्तिले चम्कियो पढाइ

आदर्श समाज सम्वाददाता
फागुन २७, २०७८
annapurna

पोखरा । अन्नपूर्ण ड्रोइङ ड्रिम टिम (एडिडिटी) का ३ जना विद्यार्थीलाई कोरियन कलाकार कु ह्युम किमले उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरेका छन् । ड्रिम टिमका सविता परियार, विशाल चपाई र प्रदीप आचार्यले स्नातक तहको भर्ना, शैक्षिक शुल्क र पाठ्यसामाग्रीका लागि जनही ४५ हजार प्राप्त गरेका छन् ।
पृथ्वीनारायाण क्याम्पसमा अंगे्रजी र गणित विषयमा स्नातक तह शिक्षाशास्त्र संकाय पढ्ने सविवता परियारले गत वर्ष आर्थिक अभावका कारण पढाइ अगाडि बढाउन पाएकी थिइनन् । यस वर्ष कोरियन कलाकार किमले छात्रवृत्ति उपलब्ध गराएपछि आफ्नो पढाइको सपना पूरा हुने विश्वास गरेकी छन् । परियारले वीरेठाँटी माविबाट १२ कक्षा उत्तीर्ण गरेकी हुन् । ६ वर्ष पहिले आफू ७ कक्षामा पढ्दा कलाकार किमले कला शिक्षकको रूपमा अन्नपूर्ण ड्रोइङ टिममा समावेश गरेको क्षण सम्झदै भनिन्, ‘किम सरले हामीलाई बाबाआमाले भन्दा बढी माया गरेर लेखपढमा सहयोग गरेका छन् ।
जनप्रिय बहुमुखी क्याम्पसमा स्नातक तह शिक्षा शास्त्र संकाय प्रथम वर्षमा पढ्ने विशाल चपाईंले जनप्रिय माविबाट १२ कक्षा पास गरेका हुन् । अंग्रेजी र स्वास्थ्य विज्ञान मूल विषय राखेका चपार्इंले वीरेठाँटीमा किमलाई भेट्नु नै हाम्रो भाग्य चम्किएको बताए ।
छात्रवृत्रि पाउने प्रदीप आचार्य अन्नपूर्ण बहुप्राविधिक शिक्षालय ढिकुरपोखरीमा कृषिबाली विज्ञानको ३ वर्षे डिप्लोमा पढिरहेका छन् । वीरेठाँटीमा ६ कक्षा पढ्दा उनी पनि कला समूहमा आवद्ध भएका थिए । किम हाम्रो लागि अभिभावक र सहयोगी साथी दुवै हुन् ।
कोरियन कलाकार कु ह्युम किमले कला समूहमा आवद्ध आफ्ना विद्यार्थीलाई उच्चशिक्षाको डिग्री तहसम्म छात्रवृत्ति उपलब्ध गराउन प्रतिवद्ध रहेको जनाए । कु ह्युम किम आफै कोरियाका प्रसिद्ध लेखक, कलाकार र प्राध्यापक हुन् । १७ वटा पुस्तकमध्ये ‘नमस्ते किम सर’ र ‘नेपाली जात्रा’ नेपालसम्बन्धी पुस्तक प्रकाशित छन् । अन्नपूर्ण गाउँपालिकाका वीरेठाँटी, सुदामे र तिखेढुंगाका विद्यालयमा ‘खसीले मसी’ अभियान सुरु गरेका किमले अन्नपूर्ण ड्रोइङ टिममा १८ जना विद्यार्थीलाई कलाकारिता सिकाइरहेका छन् । गत वर्ष किमले ‘कोरोनो महामारी अन्त्यका लागि प्रार्थना’ विषयक १८ जना विद्यार्थीका १ सय चित्रकला पोखरामा प्रदर्शनी गरेका थिए । उनले विद्यार्थीलाई सुदामेदेखि लुम्बिनीसम्म, वीरेठाँटीदेखि बोधगया, कास्की टु कोरिया लगायतका स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय कलायात्रामा समावेश गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width