‘हरेक महिला क्षमतावान हुन्छिन्’

आदर्श समाज सम्वाददाता
फागुन २६, २०७८
nari

स्याङ्जा । नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य विक्रान्तकुमार श्रेष्ठ (सुवर्ण) ले महिलाले आफूभित्र लुकेको क्षमता पहिचान गरी अघि बढेमा हरेक पाइलामा सफलता मिल्ने बताएका छन् । हरेक महिलामा अन्र्तनिहित क्षमता हुने र ती क्षमता उजागर हुन उनका परिवार र अवसरले साथ दिनुपर्नेमा श्रेष्ठको भनाइ थियो ।
११२ औं अन्र्तराष्ट्रिय नारी दिवस अवसरमा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघअन्तर्गत महिला उद्यमी समितिले आयोजना गरेको महिला उद्यमबारे अन्तक्र्रिया कार्यक्रम उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
‘व्यक्तिका मेहनत र लगावले सफलता मिल्छ । ठूला पद र जिम्मेवारीमा पुगेका महिला पनि पहिला तपाईहरु जस्तै हुन् । अवसर र मेहनतले उनीलाई त्यो स्थानमा पुर्‍याएको हो,’ उनले भने, ‘उचो सोच र लक्ष्य राखेर अघि बढे सफलता अवश्य मिल्छ ।’
कार्यक्रममा उद्योग वाणिज्य संघ कावा अध्यक्ष हिक्मत श्रेष्ठ, नेपाल पत्रकार महासंघ स्याङ्जाका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, उद्योग वाणिज्य संघका तृतीय उपाध्यक्ष सुनिता पौडेल, महासचिव रामचन्द्र नेपाल, वरिष्ठ सदस्य रंगनाथ रेग्मी, सहकोषाध्यक्ष सुमन गुरुङ, सदस्य रविन केसी र गंगा प्रधान, गण्डकी प्रदेश ब्यापार संघका सदस्य नारायणप्रसाद ढकाल, महिला उद्यमी सल्लाहकार मखमली श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै महिलाका अवसर र चुनौतीमा धारणा राखेका थिए ।
महिला उद्यम विकास समिति अध्यक्ष इन्देणी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष भवानी अधिकारीले स्वागत र सचिव देवु लम्सालले संचालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width