स्वतन्त्र पत्रकार जहिले पनि सरकारको प्रतिपक्ष हो: बास्तोला

आदर्श समाज सम्वाददाता
फागुन २६, २०७८
itahari

पोखरा । स्वतन्त्र पत्रकार संघ नेपालको १० औं स्थापना दिवस तथा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस इटहरीमा विविध कार्यक्रम गरी मनाइएको छ । मंगलबार प्रभातफेरीबाट सुरु कार्यक्रम ‘पत्रकारितामा महिलाका समस्या’ विषयक अन्तक्र्रिया, निःसहाय बालबालिका सेवा आश्रम इटहरीमा जिन्सी तथा नगद वितरणसहित समापन भयो ।
श्रमिक महिला दिवस एकै दिन पर्न गएको सन्दर्भमा स्वतन्त्र पत्रकार संघ नेपालको १० औं स्थापना दिवस मनाइएको सुनसरी शाखा सचिव तेज बनले बताए ।
स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले सरकारका ३ तहमा संवैधानिक व्यवस्था अनुसार महिलाले स्थान नपाएको बताए । उनले ३३ प्रतिशत महिला हुनै पर्ने प्रावधान कहिं कतै नदेखिएको र अझै पनि महिलामाथि पितृसतात्मक शैली नै समाजले अंगिकार गरिरहेको बताए । उनले स्वतन्त्र पत्रकार किन र केका लागि भन्ने जिज्ञासाको उत्तर समेत दिएका थिए । कुनै पनि एकातिर पत्रकारिता र अर्र्काेतिर दलगत राजनीतिमा लागेको व्यक्तिले सन्तुलित विचार वा समाचार पस्कन नसक्ने दाबी उनको थियो । स्वतन्त्र पत्रकार जहिले पनि सरकारको प्रतिपक्ष हो भन्दै उनले यदि दलगत पत्रकारिता गरिरहेको व्यक्तिको दलले सरकार बनेमा उसले सरकारको विरुद्धमा बोल्ने, लेख्ने आँट गर्न नसकने तकै गरे ।
जनता बहुमुखी क्याम्पस प्रमुख डा. गीता पौडेल (सञ्जु) ले महिला पुरुषबीच समानता नभएको जिकिर गरिन् । डा. पौडेलले महिलाहरु हिम्मतका साथ, आँट र दम्भका साथ समाजमा स्थापित हुन आफैं अगाडि बढ्नुपर्ने बताइन् ।
प्रेस सेन्टरका राजन केडीले पनि संवैधानिक व्यवस्था अनुसार महिलाले अवसर नपाएको बताए । महिलालाई राज्यका अनेकन निकायहरुबाटै उपेक्षित गरिएको, विभेदयुक्त व्यवहार हुँदै आएको केडीको भनाइ थियो ।
संघका शाखा अध्यक्ष खगेन्द्र कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा संघका राष्ट्रिय कोषाध्यक्ष शालिग्राम पाण्डे, राष्ट्रिय सदस्य मोहन ढकाल, सुनसरी उपाध्यक्ष अकबर अलि, सुनसरी शाखा सचिव तेज वन, सहसचिव जनक पाण्डे, स्वतन्त्र पत्रकारका शुभचिन्तक राजकुमार उप्रेतीले बोलेका थिए ।
यसैबीच, विभिन्न व्यक्ति र समुदायबाट आएको सहयोग जिन्सी तथा नगद निःसहायक बालबालिका सेवा आश्रममा आश्रित बालबालिकाको सहयोगार्थ हस्तान्तरण गरिएको छ । संघका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला, शालिग्राम पाण्डेबाट प्राप्त नगद, केन्द्रीय सदस्य ढकाल, इटहरीको गौरीशंकरको साह किराना स्टोरबाट १ बोरा चामल प्राप्त भएको थियो । संस्थाका कार्यसमिति सदस्य रामप्रसाद आचार्यको अगुवामाई दुहवीका अन्नपूर्ण किराना पसल, रामदेव बाबा रमपम, सुनिल साहलगायत विभिन्न व्यवसायीबाट प्राप्त फलफूल, चाउचाउ, बिस्कुट, साबुन, भुजियालगायत सामग्री हस्तान्तरण गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width