नारी दिवसमा विश्व हिन्दुको प्रशिक्षण

आदर्श समाज सम्वाददाता
फागुन २६, २०७८
hindu

पोखरा । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरमा विश्व हिन्दु महासंघ नेपाल कास्कीको आयोजनामा वैदिक सनातन धर्ममा नारीको महत्व विषयक प्रशिक्षण भएको छ ।
कार्यक्रममा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका राजयोग प्रशिक्षक ब्रह्माकुमारी सुधा दिदीले महिलामाथि हुने विभेद, हिंसा अन्त्यका लागि समाजका हरेक नारीलाई शिक्षित बनाउँदै उनीहरुको सुरक्षा, सम्मान र रोजगार भए समृद्धि नेपालको आधार तय हुने बताइन् ।
महासंघका वरिष्ठ उपाध्यक्ष शंकर खरालले भगवान्को दम्पत्ति स्वरुपको संयोजन र नामांकन तथा पुकारमा नारी प्रधानता रहेको बताए । नारीलाई उच्च प्रधाननतासहित स्थान दिएको र भगवान्को युगल नामांकन तथा पुकारमा नारीलाई पुरुष भन्दा प्राथमिकतामा राखेको सहजै बुझ्न सक्ने अवस्था रहेको बताए।
महासंघ कास्की अध्यक्ष पार्वती पौडेलले महिला अधिकार, महिला सशक्तीकरण र समानताका विषयहरु अहिले विश्वभर नै यस दिवसका विषय बन्ने गरेको बताइन् । महिलामाथि हुने विभिन्न प्रकारका हिंसा, असमानपूर्ण व्यवहार अहिले पनि पूर्ण रुपमा नरोकिएको उनको भनाइ थियो ।
महासंघ कास्की सांस्कृतिक संयोजक उषा माताले संघ, प्रदेश र पालिकामा प्रतिनिधित्वसहित राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएको छ । महिला हिंसा तथा उत्पीडन अन्त्यका लागि विभिन्न कानुन बनेका छन् ।
कार्यक्रममा महासंघका केन्द्रीय सचिव जगन्नाथ कोइराला, केन्द्रीय सदस्य भोलाजङ्ग सुवेदी, महासंघ कास्की पोखरा महानगर महिला समितिका वरिष्ठ उपाध्यक्ष मञ्जु विक, ब्रह्माकुमारी निलम बहिनी, लाली गुराँस टोल विकास संस्थाका अध्यक्ष मंगली बास्तोला लगायतले बोलेका थिए ।
यसैबीच, महासंघले मेनुका बरालको संयोजकत्वमा जिल्ला महिला समन्वय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा ईश्वरी चापागाई, महासचिवमा अन्जु बराल, सचिवमा उषा थापा, कोषाध्यक्षमा रञ्जना सेन पौडेल, सदस्य इना कार्की, श्रीमाया खत्री, विष्णु कार्की, जमुना ढकाल, तारादेवी विश्वकर्मा, दुर्गा देवी कुवर, सरिता अधिकारी छन् ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width