पोखरा । स्याङ्जाको शिरुवारीमा शिरशुवा गम्भीरसिंह गुरुङ स्मृति १० औं भलिबल प्रतियोगिता सुरु भएको छ । बेलायती सेनाका पूर्व मेजर लीलबहादुर गुरुङले आफ्ना बाबुआमाको स्मृतिमा स्थापना गरेको शिरशुवा गम्भीरसिंह स्मृति प्रतिष्ठानले खेल क्षेत्रको विकासका लागि हरेक वर्ष भलिवल प्रतियोगिता आयोजना गर्दै आएको छ ।
प्रतियोगिता अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामाजिक प्रतिष्ठानले शिक्षा, स्वास्थ्य र खेलकुदका क्षेत्रमा गरेको काम सह्रानीय भएको बताए । ‘यो समाजमा सबै एकै हुन् । कुनै विभेद हुनुहुँदैन । यो परिवारले आफ्नो स्रोतसाधन अनुसार समाजमा शिक्षा प्राप्त गर्न नसकेका व्यक्तिलाई शिक्षा दिएर समाजमा प्रतिस्पर्धी बनाउन जसरी काम गरेको छ, म धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘शिक्षा, खेलकुद, स्वास्थ्य अपरिहार्य छन् । राज्यले सबै कुराको जिम्मा लिनुपथ्र्यो । हाम्रो संविधानले पनि यी कुराको जिम्मा राज्यले लिनुपर्छ भनेको छ । हामीले लिन सकेका छैनौं । कोशिस हुँदैछ ।’
उनले प्रदेश सरकार नियमित साक्षरताभन्दा डिजिटल साक्षरताको क्षेत्रमा काम गर्न लागेको सुनाए । ‘अहिले कति अक्षर चिन्यो भनेर मात्रै साक्षरताको मापन हुन्छ । अब त्यत्तिले मात्रै पुगेन । विश्व डिजिटल बनेको छ,’ उनी भन्छन्, ‘प्रदेश सरकारले पनि नयाँ नीति बनाएर प्राविधिक शिक्षामा जोड दिएको छ । गण्डकी विश्वविद्यालयले आइटीको पठनपाठन सुरु गरिसक्यो ।’ प्रदेश सरकारले महिलाको पाठेघर र स्तनको क्यान्सरको उपचार निशुल्क गर्ने गरी भरतपुर अस्पतालसँग सम्झौता गरिसकेको भन्दै पोखरेलले त्यसबाट सहुलियत लिन नागरिकलाई आग्रह गरे ।
शिरशुवा गम्भीरसिंह गुरुङ स्मृति १० औं भलिबल प्रतियोगिता जारी
यस्तै, शिरुवारीको विकासका लागि आउँदो बजेटमा आवश्यक व्यवस्था मिलाउने उनको बचन छ । ‘अहिले बजेट विनियोजन गर्दा धेरै ढिलो भैसकेको थियो । अघिल्लो सरकारले सिर्जना गरेको दायित्व पूरा गर्दा र योजनालाई निरन्तरता दिंदा नयाँ कार्यक्रम बनाउन सकिएन,’ उनले भने, ‘आउँदो वर्षको बजेटमा शिरुबारीलाई विशेष प्राथमिकतासाथ रकम विनियोजन हुन्छ । तपाईंलाई आवश्यक परेको योजना प्राथमिकीकरण गरेर पठाउनुहोला ।’ प्रतिष्ठानका अध्यक्ष मेजर लीलबहादुर गुरुङले आफ्नो कार्यक्रममा आएर हौसला बढाइदिएको भन्दै धन्यवाद दिए ।
संस्थाले शिक्षा र खेलकुदको क्षेत्रमा काम गर्दै आएको छ । विपन्न परिवारका बालबालिकालाई काठमाडौं लगेर पढाउनेदेखि ग्रामीण विद्यालयहरुमा कम्प्युटर वितरण गर्ने काम गरिएको गुरुङले बताए । कांग्रेसनेतृ सरस्वती गुरुङले समाज रुपान्तरणका लागि शिरशुवा स्मृति प्रतिष्ठानले गरेका काम राज्यले पनि अपनत्व लिनुपर्ने बताइन् । ‘वास्तवमा राज्यले गर्नुपर्ने काम एउटा प्रतिष्ठानले गरिरहेको छ । अहिलेसम्म शिरुवारीमा केन्द्रित यी कामहरु अब प्रदेशका ११ वटै जिल्लामा विस्तार हुन सकोस्,’ उनले भनिन्, ‘राज्यले यसको अपनत्व लिनुपर्छ र असल नागरिक बनाउन अभियानका रुपमा सञ्चालन गर्नुपर्छ ।’ उनले शिरुबारी क्षेत्रको विकासका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण गराइन् ।
प्रतियोगितामा स्याङ्जा र पर्वतका १६ टिमको सहभागिता छ । विजेताले १ लाख नगद, प्रमाणपत्र र मेडल पाउनेछ भने उपविजेताले ५० हजार तथा तेस्रो हुनेले २५ हजार पुरस्कार पाउनेछन् । सोमबारदेखि सुरु प्रतियोगिता शुक्रबार सकिने छ ।
Related News
सम्बन्धित समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
hero news full width
मुख्य समाचार
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
पौष २९, २०८१पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश
पौष २९, २०८१