महिला फोटोग्राफरले गरे अनाथ बालबालिकालाई सहयोग

आदर्श समाज सम्वाददाता
फागुन २५, २०७८
photographyer~

पोखरा । पोखरा फोटोग्राफर संघ महिला उपसमितिले अनाथ बालबालिकालाई सहयोग गरेको छ । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पोखराको लामाचौरस्थित ओम शिवशक्ति कल्याणी बालआश्रमका १३ जना अनाथ बालबालिकाहरुलाई स्टेसनरी तथा खाद्यान्न सामग्री सहयोग गरिएको हो ।
तीजको उपलक्ष्यमा पोखराका फोटोग्राफरहरुले आफ्नो दरखाने कार्यक्रममा सहयोग पेटिकाको स्थापना गरी संकलन गरिएको रकमबाट महिला दिवसको अवसरमा सहयोग गरिएको महिला उपसमिति संयोजक शान्ति सुवेदीले बताइन् ।
सहयोग पेटिकामा संस्थाका सदस्यहरुकै सहयोग र विवाह व्रतबन्धजस्ता शुभकार्यहरुमा सदस्यहरुबाट सहयोग जम्मा हुँदै आएको र हरेक वर्ष सहयोग दिँदै आएको पोखरा फोटोग्राफर संघका अध्यक्ष जनकराज तिवारीले बताए ।
बालआश्रममा १३ जना अनाथ बालबालिका रहेको आश्रमकी सञ्चालक कुमारी भवानी थापाले बताइन् । उनले अहिले पोखरा फोटोग्राफर संघका दिदीबहिनीहरुले विश्व नारी दिवसको अवसरमा आश्रमका बाबुनानीहरुको लागि सहयोग गरिदिनु भएकोमा आभार व्यक्त गरिन् ।
कार्यक्रममा संस्थाका संरक्षक गणेश छवि, निर्वतमान अध्यक्ष रविनाथ दाहाल, पूर्व अध्यक्ष तुलसीराम सुवेदी, कल्याणी बाल आश्रमकी केन्द्रीय महासचिव भगवती खत्री, पोखरा फोटोग्राफर संघ महिला उपसमितिका पूर्व संयोजकहरु तीर्थ श्रेष्ठ, इन्दिरा शर्मा, पूर्णकुमारी थापालगायतले बालेका थिए ।
उपसमिति संयोजक शान्ति सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपसमितिकी सचिव देवु जलारीले गरेकी थिइन् भने महिला उपसमितिकी सहसंयोजक रीता पौडेलले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width