मनखुसीकोे क्षमता अभिवृद्धि तालिम

आदर्श समाज सम्वाददाता
फागुन २५, २०७८
mankhushi talim photo

पोखरा । मनखुसी फाउन्डेशन नेपाल, गण्डकी प्रदेशको आयोजनामा क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सञ्चालन गरिएको छ । शुक्रबारदेखि सुरु भएको तालिमको आइतबार समापन गर्दै पोखरा १३ की वडा सदस्य कृष्णकुमारी गुरुङले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गरिन् । गोर्खाली रेडियोको सहयोग तथा पोखरा महानगरपालिका वडा नं. १३, टावरमार्ग टोल विकास संस्थाको व्यवस्थापनमा भएको तालिममा ३२ जना सहभागी थिए ।
३ दिनसम्म चलेको तालिममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशकी उपाध्यक्ष खिमा गुरुङले सहजीकरण गरेका थिए । मनखुसी फाउन्डेसन, गण्डकी प्रदेशकी संयोजक काशी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दीपक अधिकारीले गरेका थिए भने स्वागत नन्दमाया सुवेदी पौडेलले गरेकी थिइन् । तालिमको उद्घाटन पोखरा–१३ का अध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा) ले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width