मिडियामा महिला सहभागितामा जोड

आदर्श समाज सम्वाददाता
फागुन २५, २०७८
fnj news~

पोखरा । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरमा नेपाल पत्रकार महासंघ कास्कीले मंगलबार ‘मिडियामा महिला’ विषयक अन्तक्र्रिया कार्यक्रम गरेको छ । कार्यक्रमका वक्ताले राज्यको चौथो अंगको रुपमा रहेको मिडिया क्षेत्रमा समेत महिलाप्रति विभेद तथा हिंसा हुनु दुखद भएको बताए । उनीहरुले मिडियामा महिलाको अवस्था दयनीय रहेको उल्लेख गर्दै उल्लेख्य सहभागितामा जोड दिए ।
गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले महिलाहरु आर्थिक, राजनीतिक र सामाजिक हिसाबमा पछि परेको बताइन् । उनले पञ्चायतकालमा महिलाको आवाज उठाउने क्रममा जेल जाने जस्तो प्रचलन हुँदासमेत विभेदविरुद्ध आवाज उठ्दै आए पनि १० वर्षे जनयुद्धपछि महिलाको अधिकार प्रत्याभूत हुने गरी केही काम भएको सुनाइन् । नेपालको संविधानले निर्दिष्ट गरेको अधिकार कार्यान्वयन गर्न तर्फ सबैजना जागरुक हुनुपर्ने उनको सुझाव थियो ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्यले राजनीतिक अस्थिरताका कारण महिलासम्बन्धी समाचारले मिडियामा स्थान पाउन नसकेको बताए । उनले महिला अधिकार खोज्दा प्रतिशोध नराखी पुरुषको मनोविज्ञान परिवर्तन गर्नतर्फ लाग्नुपर्ने बताए । उनले सामाजिक न्याय र लैंगिक समानता विषयमा जोड दिए ।
महासंघका अर्का पूर्व अध्यक्ष धर्मेन्द्र झाले अमेरिकामा सन् १९०८ को जस्तो महिलाको अवस्था अहिले नेपालमा रहेको बताए । महिला विभेद र हिंसा अन्त्य गर्न महिला र पुरुष दुवै लाग्नुपर्नेमा जोड दिए ।
पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य प्रभा कोइराला, संविधान सभा सदस्य शारदा पौडेल, पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, वडा ३१ का वडा सचिव दुर्गा न्यौपाने, पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी, पत्रकार महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्मा लगायतले बोलेका थिए । कार्यक्रम संचालन महासंघ कास्की सहसचिव श्रीराम सिग्देलले गरेका थिए ।

पत्रकारलाई तालिम
तुलसादेवी हरिहर फाउन्डेसनको आयोजनामा ‘पत्रकार आचारसंहिता’ विषयक तालिम सम्पन्न भएको छ । कास्कीमा क्रियाशील पत्रकार सहभागी सो तालिममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षद्वय डा. सुरेश आचार्य, धमेन्द्र झा, रासस प्रधानसम्पादक एकराज पाठक, प्रेस काउन्सिल सदस्य अधिवक्ता दुर्गा भण्डारी लगायतले प्रशिक्षण दिएका थिए । फाउन्डेसन अध्यक्ष सरु सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको संयोजक डिल्लीरमण सुवेदी थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width