अब जनादेश र परमादेशबीच लडाइँं हुन्छः ओली

आदर्श समाज सम्वाददाता
फागुन २५, २०७८
kp oli~

पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब वास्तविक लडाइँ सुरु हुने बताएका छन् । स्थानीय र संसदीय निर्वाचन सम्मुखमा रहेको बेला जनताले एमालेलाई चयन गर्ने दाबी गरेका छन् । उनले यही लडाइँले सत्य र असत्यबीच फरक ल्याउने बताए । ‘अबको लडाइँ जनादेशी र परमादेशीबीच हुन्छ । परमादेशविरुद्ध खुलेर सामना गर्नुस्,’ कार्यकर्तालाई उनले भने, ‘एमाले जनताबाट निर्वाचित भएर आउँछ । कसैको आदेश र परमादेश हामीलाई स्वकार्य हुँदैन ।’
एमालेको प्रमुख प्राथमिकता राष्ट्र निर्माणमा रहेको भन्दै उनले जनताले मन पराउने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिए । उनले सामाजिक न्याय र समानताका लागि पार्टी सधंै अग्रणी भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । ‘एमाले लोकतन्त्रको मूल्य मान्यता, स्वच्छता, पारदर्शितालाई आत्मसात गर्दै अघि बढेको छ । एमालेको विचार, व्यवहार, निष्ठता अन्यसँग तुलना गर्न मिल्दैन,’ उनले अघि थपे, ‘स्वच्छता र पारदर्शी एमालेको नीति हो । जनसेवाको काम गर्ने बाटोमा हामी छौं ।’
मंगलबार पोखरामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले पार्टीको सिद्धान्त अनुसार जनपक्षमा क्रियाशील रहन आग्रह गरे । ‘पद नपाइन पनि सक्छ । पद र ओहोदाका लागि होइन, समाज निर्माणका लागि क्रियाशील रहनुस्,’ उनी भन्छन्, ‘पार्टीले सबैलाई न्याय हुने गरी व्यवहार गर्छ ।’
पूर्व सांसदसहित जसपा नेताहरु एमाले प्रवेश
जनता समाजवादी पार्टी (जसपा) का प्रभावशाली नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । जसपा केन्द्रीय सदस्य देवी सुवेदी, संविधानसभा सदस्य डिबी नेपाली सहितका नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका हुन् । पोखरामा आयोजित एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरे ।
जसपाका ९ केन्द्रीय सदस्य, १३ जना प्रदेश पदाधिकारी तथा सदस्य, १२ जना जिल्ला सदस्यसँगै ३ जना भ्रातृ संगठनका अध्यक्षहरु एमाले छिरेका एमालेको दाबी छ । करिब ४ सय जनाले अरु पार्टी छोडेर एमाले रोजेको प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले जानकारी दिए ।
यस्तै, नेकपा एकीकृत समाजवादीका पोखरा ३० का वडाध्यक्ष जीवन गौतमसहित वडा कमिटी नै नेकपा एमालेमा समाहित भएको बताइएको छ । पार्टी प्रवेशपछि उनीहरुले देशको नेतृत्व गर्ने पार्टी एमाले भएकोले त्यसैलाई रोजेको प्रतिक्रिया दिएका छन् । कार्यक्रम एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको हो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width