फोटोग्राफी तथा लाइटरुम तालिम

आदर्श समाज सम्वाददाता
फागुन २४, २०७८
photography

पोखरा । पोखरा फोटोग्राफर संघ पोखरा नेपालले आयोजना गरेको फोटोग्राफी तथा लाइटरुम तालिम सकिएको छ । तीन दिनसम्म सञ्चालन भएको तालिममा ३८ जना सहभागी भएका थिए । तालिममा पोखरा क्षेत्रमा फोटो व्यवसाय गरिरहेकाहरुको उल्लेखनीय उपस्थिति रहेको संयोजक देवानन्द पोखरेलले जानकारी दिए ।
फोटो ग्राफर संघ गण्डकीका अध्यक्ष दुर्गाप्रसाद पौडेलले फोटो व्यवसायीलाई एकजुट गराउँदै प्रविधिमैत्री ढंगले अघि बढाउन र व्यवसायीको कार्यक्षमता बढाउन संघले गरेका यस्ता तालिम प्रभावकारी हुने उल्लेख गरे ।
पेसागत सीप वृद्धिलाई नयाँ आधुनिक प्रविधिसँगै लैजान यस्ता तालिमको आवश्यकता औल्याउँदै निवर्तमान अध्यक्ष रविनाथ दाहालले प्रविधिमार्फत समयानुकूल परिमार्जन गर्न सकिने बताए ।
संस्थाका अध्यक्ष जनकराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष रामचन्द्र पोख्रेलले स्वागत र सचिव बिसुराज बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width