मगर महिलालाई नेतृत्व विकास तालिम

आदर्श समाज सम्वाददाता
फागुन २४, २०७८
magar mahila sangh kaski

पोखरा । नेपाल मगर महिला संघ, कास्कीको आयोजनामा नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम भएको छ ।
गण्डकी प्रदेश सरकार, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको सहयोगमा भएको कार्यक्रमको उद्घाटन मन्त्री मेखलाल श्रेष्ठले उद्घाटन गरे । उनले मगर महिलाको क्षमता विकासका लागि यस तालिमले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल मगर महिला संघकी केन्द्रीय सदस्य फूलकुमारी थापामगर, नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगर, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, गण्डकी प्रदेशकी अध्यक्ष दिलमाया गुरुङले शुभकामना व्यक्त गरे । ७० जना प्रशिक्षार्थी सहभागी भएको तालिममा हिम्मतसिंह नेपाली, राजु घले र मित्र दुराले सहजीकरण गरेका थिए ।
नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव ईश्वरी थापामगर र स्वागत सदस्य ज्ञानीसरा रानामगरले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । पोखरामा झण्डै सातादिनदेखि थुप्रिएको फोहोर बिहीबारदेखि उठ्ने भएको छ । त्यसबारे पोखरा महानगरपालिका, वडा कार्यालय ३२ र लामेआहालस्थित…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…

hero news full width