माधव नेपाललाई ओलीको कटाक्ष– हाडिघोप्टेको पार्टी समाजवादी ?

आदर्श समाज सम्वाददाता
फागुन २४, २०७८
kp oli~main~

पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालप्रति कटाक्ष गर्दै ‘हाँडीघोप्टे’ को संज्ञा दिएका छन् । ‘कुनै संस्थाबाट मान्छे फुट्यो भने नाम एकीकृत राख्छ । जो चाहिं हाडीघोप्टे छ,’ उसले समाजवादी नाम राख्छ । आजको समय त्यस्तो छ,’ उनले भने, ‘हामी फेसनको पछि होइन, तर्कको पछि लाग्छौं । वास्तविक रुपान्तरणका लागि लाग्छ । विश्वभरका मानवअधिकार अवधारणाभन्दा एमाले एक कदम अगाडि छ ।’ पोखरामा मानवअधिकार एलाइन्सको महाधिवेशनलाई सम्बोधन गर्दै उनले माधव नेपाल इस्र्यालुको रुपमा चित्रित गर्दै यस्तो प्रवृत्ति विश्वभरी रहेको बताए । ‘अरुले एमालेको उचाइ प्राप्त गर्न पनि नसक्ने र इस्र्या गर्ने चलन छ । इस्र्यामात्रै गर्ने, माधव नेपाल प्रवृत्ति ठूलाठूला देशमा पनि छ,’ उनले थपे, ‘आफू केही गर्न नसक्ने अरुले गरेकोमा इस्र्यामात्रै गर्ने र कुण्ठित हुने ।’
एमाले नेतृत्वको सरकारले राम्रो काम गर्दागर्दै प्रतिक्रियावादीहरु मिलेर सरकार ढलाएको दोहोर्‍याएका छन् । स्यालको प्रसंग निकाल्दै उनले भने, ‘स्यालको यस्तो धर्म हुन्छ, एउटा स्याल कराएपछि त्यो सुनेपछि सबैले ठाडो घाँटी लगाएर ‘हुहु’ गर्नुपर्छ नत्र टाउको फुटेर मर्छ । त्यसकारण दुनियाँभरीका स्यालहरु हाम्रा विरुद्ध ठाडो घाँटी लगाएर हुहु गरे । त्यसको वैचारिक र व्यवहारिक ढंगले जवाफ दिनुपर्छ ।’ पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो सरकार हुँदा चलाएको कोकोहोलोमा कुनै अनौठो नमान्न आग्रह गरे । ‘अहिलेको अवस्थामा हामीले मानव अधिकारमा धेरै सुधार ल्याएका थियौं । २०७४ को निर्वाचनबाट नेपालको राजनीतिक अभियान र गणतान्त्रिक अभियानमा धेरै नयाँपन ल्याएका थियौं,’ उनी भन्छन्, ‘तर विभिन्न खालका प्रतिक्रियावादीहरुले बिगारे । उनीहरु एकजुट भएर हामीलाई विस्थापित गरे ।’
उनले माओवादी जनयुद्धलाई गाली गर्दै कम्युनिष्ट पार्टी भने सबैभन्दा बढी मानवअधिकार वादी भएको दाबी गरेका छन् । ‘माओवादीले घरघरबाट मान्छे थुतेर अंगभंग गर्‍यो । त्रास फैलायो,’ लगत्तै उनले थपे, ‘कम्युनिष्टले जति मानवअधिकारको प्रत्याभूति गर्ने ग्यारेण्टी गर्ने अरु कुनै पनि शक्ति, कुनै पनि विचार र प्रणाली छैन । मानवताका निम्ति, मानवीय मूल्यका निम्ति, समानताका निम्ति एमाले दृढ छ ।’ ओलीले अधिकार स्थापित गर्ने कुरामा अमेरिकाभन्दा पनि नेपाल अघि रहेको दाबी गरेका छन् । ‘अमेरिकामा १९६५ मा महिलाले भोट हाल्न पाएका हुन् । त्यो पनि सोभियत संघमा । हाम्रो नेपालमा सन् १९५१ मा पाए । सात सालको आन्दोलनपछि भोटिङ अधिकार पाए,’ उनी भन्छन्, ‘नेपाल अमेरिका भन्दा अगाडि छ, एड्भान्स छ । त्यसमा पनि हाम्रो पार्टी मोडर्न, साइन्टिफिक छ । त्यसैले हामीले समाजवाद ल्यायौं ।’

दुनियाँभरीका स्यालहरु हाम्रा विरुद्ध ठाडो घाँटी लगाएर हुहु गरे

आफूले निकै ठूलो संघर्षबाट दुई तिहाइसहितको सरकार बनाएको भन्दै उनले विरोधीहरुले दुई तिहाइ भत्किएको मात्रै व्याख्या गरेको आरोप लगाए । ‘केही मान्छेहरु केपी ओली असफल भयो र दुई तिहाइको बहुमत असफल भयो भन्छन् । दुई तिहाइ कसरी पुगेको थियो त्यो भन्दैनन् । मलाई दुई तिहाइ आकाशबाट गिफ्ट दिएको हो ? कसैले दिएको कुरा मैले खसाएर फुटाएको हो ?’ उनी भन्छन्, ‘हामीले नै आर्जन गरेको हो नि । तर केही अवान्छित गलत तत्वहरुले सहन सकेनन्, सबै शक्तिसँग मिलेर ढलाए । परमादेशी सरकार बनाए ।’
केही समय ओलीले नेपाली कांग्रेसमाथि खनिए । ‘कांग्रेसको नीति वैदेशिक शक्तिसँग भर पर्ने खालको छ । पञ्चायतकालमा पुष्पलालले सँगै विद्रोह गरौं भन्दा मानेन । एकाबिहानै नेपालमा राता झण्डाले भरिएको हुन सक्छ । यो खतरा पैदा भयो, त्यसैले राजा र मेरो घाँटी जोडिएको छ, हामी मिल्नुपर्छ भन्ने नीति अघि सारियो,’ बिपीको मेलमिलाप नीतिविरुद्ध कटाक्ष गर्दै उनले भने, ‘सात सालको आन्दोलन सकिने वित्तिकै भीमदत्त पन्त काटिए । भारतको सेना बोलाएर डोटीमा ल्याएर नेपाली देशभक्तको टाउको काटेर बेञ्चमा टाउको प्रदर्शन गरियो, नेपाली कांग्रेसले नै गरेको हो त्यो ।’
उनले आफ्नो सरकारको पालामा कोकोहोलो मच्चाउनेहरु अहिले भ्रष्टाचार मौलाउँदा समेच चुप रहेको गुनासो गरे । ‘हिजो रुखबाट पात झर्‍यो भने सरकारलाई गाली गर्थे । यो सरकारले भ्रष्टाचार गर्छ, तमासा गर्छ, मान्छे मार्छ सबै चुपचाप । अर्थतन्त्र ध्वस्त भएको छ, बुद्धिजीवीहरु चुपचाप छन्,’ उनी अघि भन्छन्, ‘बुद्धीजीवी बिग्रिएर श्रीमान् गम्भीर नेपालीजस्ता राष्ट्रगान बनाए । हामी सानो हुँदा दिव्योपदेश केही थिएन । पछि छट्ट् राजाहरुले त्यो बनाइदिए । कतिपयलाई चित्त दुख्ला पचाउन नसकेर ।’ उनले आफूलाई कम्युनिष्टले नभई ह्युमन राइटस् डिक्लिरेसनले गणतन्दवादी बनाएको बताए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width