पोखरा । नर्मदा लम्साल घाचोक गाउँकै ज्येष्ठ नागरिकमा पर्छिन् । लठ्ठीको भरमा हिंडडुल गर्ने लम्सालथरकी ९० वर्षीया नर्मदाको मुहारमा सोमबार खुसीका केस्रा अलग्गै देखिन्थ्यो । उनीलगायत सबै गाउँलेहरु उत्साहसाथ गाउँको सिरान देउपुजे पुगे । त्यहाँ ज्येष्ठ नागरिकका लागि सुविधासम्पन्न वृद्धाश्रम बन्ने भएपछि सबैमा बेग्लै खुसीको सञ्चार थियो ।
‘हामीलाई धेरै खुसी लागेको छ,’ नर्मदाले भनिन्, ‘गाउँमै राम्रो वृद्धाश्रम बनाउने भनेका छन् । बुढेसकालमा छोर्छोरीले नहेरे ओत लाग्ने ठाउँ हुने भो ।’
आमा स्मृति प्रतिष्ठानले माछापुच्छ्रे गाउँपालिका वडा ३, देउपुजेमा गण्डकी प्रदेशकै सुविधासम्पन्न ‘नाना मोहन वृद्धाश्रम’ बनाउन लागेको हो । साढे ७ करोड लागतमा बन्ने वृद्धाश्रमको सोमबार गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले उपमहासचिव पृथ्वीसुव्वा गुरुङले शिलान्यास गरे ।
इहमान फाउण्डेसन जर्मनी/स्वीट्जरल्याण्ड, आमा स्मृति प्रतिष्ठान, माछापुच्छ्रे गाउँपालिकाको आर्थिक सहयोगमा बन्ने वृद्धाश्रमका लागि गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङकाको परिवारजनले ४ रोपनी जग्गादान गरेको छ । सो जग्गाको प्रचलित मूल्य २ करोड जति पर्छ । स्व. नाना गुरुङ र स्व. मोहन गुरुङको सपरिवारबाट प्राप्त जग्गामा अबको ३ वर्षमा वृद्धाश्रम बनाइने प्रतिष्ठानका संस्थापक अध्यक्ष वसन्तराज दवाडीले बताए ।
साढे ७ करोड लागतमा बन्ने वृद्धाश्रम अन्तर्राष्ट्रियस्तरको हुनेछ
भवन निर्माण तथा संचालनमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार एवं दातासँग सहयोग अपील समेत गरिनेछ । वृद्धाश्रम हाललाई ४० र ५ वर्षपछि १ सय जना अट्ने क्षमताको हुनेछ । तीमध्ये ५० महिला र ५० पुरुष हुने छन् । महिला र पुरुषको लागि छुट्टाछुट्टै भवन हुने छन् । वृद्धाश्रममा डाइनिङ, वर्क स्टेसन, रेष्टुरेन्ट, गेस्ट हाउस, हेल्थ स्टेसन, ह्वी चियर सुविधा लगायत सुविधा हुनेछ । अन्तर्राष्ट्रियस्तरको सो वृद्धाश्रम बनाउन इहमान फाउण्डेसन जर्मनी÷स्वीट्जरल्याण्डले ५ करोडले उपलब्ध गराउने छ भने बाँकी २ करोड ५३ लाख रुपैयाँ आमा स्मृति प्रतिष्ठान अलावा स्थानीय, प्रदेश र संघ सरकारको सहयोग हुने अपेक्षा रहेको प्रतिष्ठानका संस्थापक अध्यक्ष दवाडीले बताए ।
२०७२ सालमा स्थापना भएको प्रतिष्ठानले गाउँपालिका वडा ३ मा ३ वर्षदेखि डे केयर सेन्टर समेत चलाउँदै आएको छ । गाउँ नजिकका करिब ४५ जना ज्येष्ठ नागरिक दिउँसोको समयमा सो स्थानमा जाने, भजनकीर्तन गर्ने, आपसमा दुखसुख बाँड्ने गर्दछन् । उनीहरुको लागि चिया तथा खाजाको व्यवस्था प्रतिष्ठानले गर्दै आएको छ ।
वृद्धाश्रममा स्थानीयलाई बढी प्राथमिकता हुनेछ भने देशैभरका बेवारिस ज्येष्ठ नागरिकलाई आश्रय दिइनेछ । जसमा शुल्क तथा निशुल्क दुवै प्रावधान हुनेछ । प्रतिष्ठान अध्यक्ष हरिश्चन्द्र लम्लासको अध्यक्षतामा भएको कार्यक्रममा प्रनिनिधिसभा सदस्य एवं पूर्व मन्त्री जगतबहादुर विश्वकर्मा, माछापुच्छे« गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, घरपजोङ गाउँपालिका उपाध्यक्ष शर्मिला गुरुङ, कास्कीका प्रजिअ जयराज आचार्य, प्रतिष्ठान संस्थापक अध्यक्ष वसन्तराज दवाडी लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
hero news full width
मुख्य समाचार
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१