पोखरा । पोखरामा अन्तरबटालियन भूतपूर्व भलिबल प्रतियोगिता सुरु भएको छ । ७५ औं भारतीय स्वतन्त्रता दिवसका अवसरमा भारतीय पेन्सन वितरण केन्द्र, रामबजारको पोखराको खेल मैदानमा आइतबारदेखि सुरु प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा १८ टोली सहभागी हुँदै छन् ।
भारतीय पेन्सन क्याम्प पोखराका प्रमुख कर्णेल शशांक त्रिपाठीले रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
बेस्ट अफ फाइभको आधारमा खेलाइएको प्रतियोगिताको उद्घाटन खेलमा ६/८ गोरखा राइफल्सले २/९ गोरखा राइफल्सलाई २६–२५ र २८–२६ को सोझो सेटले हराएको छ ।
अन्य खेलमा ५/४ गोरखा राइफल्सले ४/८ गोरखा राइफल्सलाई २५–२३ र २५–२० को सोझो सेटमा हरायो ।
त्यस्तै, २र१ गोरखा राइफल्सले १/५ गोरखा राइफल्सलाई २५–१८ र २५–२३ को सोझो सेटमा हरायो ।
अर्काे खेलमा १/५ गोरखा राइफल्सले १/२ गोरखा राइफल्सलाई २५–१७, २१–२५ र २५–२० को सेटमा हरायो ।
प्रतियोगितामा फाइनलसहित प्रतियोगितामा ३६ खेल हुनेछन् । प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
टाइगर कपको अन्तिम तयारी
एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा
माछापुच्छ्रेमा वडास्तरीय भलिबल
सहारालाई गिनिजको सहयोग
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१