चौंथो संस्करणको सिर्जना कप भलिबलको तयारी

आदर्श समाज सम्वाददाता
फागुन २३, २०७८
Sirjana Volleyball Photo

पोखरा । पोखरामा चैतको पहिलो साता सिर्जना कप सामुदायिक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला भलिबल संघ र सिर्जना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा यही चैत ४ गतेदेखि ७ गतेसम्म प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताको चौंथो संस्करणको तयारीका बारेमा आयोजकले आइतबार पत्रकार भेटघाट गरी जानकारी गराएको हो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ ४ वर्ष अघिदेखि सुरु भएको प्रतियोगिता पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा आयोजना हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कास्कीका सामुदायिक सरकारी विद्यालयका कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागी हुन सक्नेछन् ।
भलिबलको जग मानिने सामुदायिक विद्यालयबाट खेलाडी उत्पादन शून्य प्राय भएपछि भलिबलमा पुनर्जागरण ल्याउन प्रतियोगिता आयोजना गर्न लागिएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताए । प्रतियोगिताले खेलाडी उत्पादन गर्न मद्दत पुग्छ भन्ने हाम्रो विश्वास हो,’ उनले थपे, ‘यसले सामुदायिक विद्यालयदेखि गाउँघरसम्म भलिबल खेलप्रति जागरण पैदा गराउँछ, भलिबल खेलप्रति आकर्षण जगाउँछ । प्रतियोगितामा ५० टिमले सहभागिता जनाउने अपेक्षा गरिएको सिर्जना विकास केन्द्रका अध्यक्ष इन्द्रप्रसाद पौडेलले बताए ।
प्रतियोगितामा उपाधि विजेता छात्र/छात्रा दुबै तर्फकालाई १/१ लाख रुपैयाँ, उपविजेतालाई ५/५० हजार र तृतीय हुने विद्यालयलाई ३०/३० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष पराजुलीले जानकारी दिए । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई जनही ५/५ हजारसहित ट्रफी तथा अन्य उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई १/१ थान भलिबल प्रदान गरिने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । प्रतियोगिताको आकर्षणका कारण यो वर्षदेखि पुरस्कार राशि वृद्धि गरिएको केन्द्रका अध्यक्ष पौडेलले जानकारी गराए । योभन्दा अघि पुरस्कार राशि ७०/७० हजार रहेको थियो ।
प्रतियोगिता सञ्चालन गर्न १० लाख खर्च लाग्ने आयोजकको अनुमान छ । प्रतियोगिताबाट ११ लाख आम्दानी गरी १ लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको पराजुलीले बताए । बचत रकम भलिबल खेलकै विकास र बिस्तारका लागि खर्च गरिने उनले बताए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width