हरियो खर्कको नयाँ भवनसहितको प्रशामक सेवा

आदर्श समाज सम्वाददाता
फागुन २३, २०७८
hariyo kharkha PCCD buildings in GPH

पोखरा । आइ एन एफ नेपाल हरियो खर्क अस्पतालको प्यालिएटिभ केयर (प्रशामक हेरचाह) तथा दीर्घरोग सेवा भवन उद्घाटन गरिएको छ । गण्डकी प्रदेश, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. श्रीराम तिवारी तथा आइ एन एफ नेपाल कार्यकारिणी समितिका अध्यक्ष रामचन्द्र तिमोथीले संयुक्त रुपमा भवन उद्घाटन गरेका हुन् ।
सचिव डा. श्रीराम तिवारीले हरियो खर्क अस्पताले उत्कृष्ट उपचार पद्धतिको पालना गरी गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको परिप्रेक्ष्यमा थप नयाँ सेवा सञ्चालनमा आउनु गण्डकी प्रदेशकै लागि गौरवको विषय भएको बताए । उनले सरकारी लगायत अन्य अस्पतालहरुका लागि पनि यो अनुकरणीय रहेको सुनाए । डा. तिवारीले आगामी दिनहरुमा प्रशामक सेवालगायत अन्य सार्वजनिक स्वास्थ्यका सम्बन्ध हरियो खर्क अस्पतालसँग सहकार्य गर्दै गण्डकी प्रदेश सरकार अगाडि बढ्न तत्पर रहेको उल्लेख गरे ।
अस्पतालकी प्रशामक रोग विशेषज्ञ डा. रुथ रसेलले प्रशामक सेवा तथा नयाँ भवनले पुर्‍याउने सेवाहरुका बारेमा प्रष्ट्याए । यस भवन तथा सेवाले विशेष गरी उपचार हुन नसक्ने, ओछ्यानमा थलिएका तथा जीवनको अन्तिम अवस्थामा रहेका बिरामीहरुको शारीरिक, भावनात्मक, सामाजिक तथा आत्मिक पक्षहरुमा ध्यान दिई परामर्शसहित सेवा समुदायस्तरमा समेत सञ्चालन गर्ने गरेको उनले बताए ।
नेपालमा करिब २१ वर्ष अघि आफूहरुले प्रशामक सेवा सुरुआत गर्दा धेरै कमले साथ दिएको भन्दै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजेश गंगोल भने,‘हरियो खर्क अस्पताल जस्ता संस्थाहरु यस सेवासँग जोडिनु तथा हाल प्रशामक सेवालाई राष्ट्रिय स्वास्थ्य नीतिमा समेत समावेश गरिनु अत्यन्त सुखद् पक्ष हो । तर यसले नेपाल सरकारबाट अपेक्षित प्राथमिकता पाउन सकेको छैन ।’
भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक तथा नेपाली प्रशामक हेरचाह संघका अध्यक्ष प्राडा विष्णुदत्त पौडेलले प्रशामक सेवाकै लागि भनेर सुविधा सम्पन्न भवन बन्नु तथा कर्मचारीहरुको समर्पित समूह नै तयार गरिनु आफैंमा ऐतिहासिक क्षण भएको भन्दै आइ एन एफ नेपाल हरियो खर्क अस्पतालप्रति आभार तथा शुभेच्छा प्रकट गरे । उनले आफू यस सेवाको विकास तथा बिस्तारका लागि आइ एन एफ नेपालसँग सहकार्य गर्न हरदम तयार रहेको बताए ।
पोखरा १५ का अध्यक्ष प्रकाश पौडेलले छाला, कान तथा मेरुदण्डसम्बन्धी उपचार तथा सेवाहरुका लागि ख्याति कमाएको यस हरियो खर्क अस्पतालले थालनी गर्न लागेको नयाँ सेवाका लागि संस्थाप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा सेवाग्राहीका तर्फबाट हेमकुमारी आलेले हरियो खर्क अस्पतालको प्रशामक सेवाले घरसम्मै पुगेर सेवा प्रदान गर्ने गरेको र यसले आफूलाई आत्मविश्वासपूर्वक बाँच्न सघाउ पुगेको बताइन् ।
आइ एन एफ नेपालका कार्यकारी निर्देशक कृष्ण अधिकारीले संस्थाको ७० औं वर्षगाँठको छेकोमा भवनको उद्घाटन हुनु आफैंमा उत्सवमय भएको बताउँदै यस सेवाको दिगो सञ्चालनका लागि दातृ निकाय, सरकारी संयन्त्र लगायत सबैको सहकार्यको अपेक्षा व्यक्त गरे ।
हरियो खर्क अस्पतालका निर्देशक डा. अरुणकुमार बुढाको स्वागत मन्तव्यबाट सुरु भएको औपचारिक कार्यक्रमलाई आइ एन एफ नेपाल कार्यकारी समितिका अध्यक्ष रामचन्द्र तिमोथीले सहभागी सम्पूर्णलाई धन्यवाद दिए । कार्यक्रम सञ्चालन मञ्जु विकले गरेकी थिइन् ।
बेलायतस्थित म्याक्ले फाउन्डेसन तथा इएमएमएस इन्टरनेसनलको आर्थिक सहयोगमा निर्मित सुविधा सम्पन्न भवनले गम्भीर तथा निको नहुने रोग लागेका बिरामीहरुका लागि परामर्शसहितको अन्तरंग सेवा प्रदान गर्नेछ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width