प्रदेशस्तरीय खेलकुद हुने

रासस
फागुन २२, २०७८

बागमती । खेलकुदको प्रवद्र्धन तथा खेलाडीमा खेल प्रतिभाको खोजी गर्ने उद्देश्यले वाग्मती प्रदेश खेलकुद विकास परिषद्द्वारा प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता यही फागुन २८ देखि चैत १२ गतेसम्म सञ्चालन हुने भएको छ ।

हेटौँडा उपमहानगरपालिकाको वडा नं ५ स्थित क्याम्पाचौरमा सो खेलकुद प्रतियोगिताको मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्नुहुने कार्यक्रम छ । परिषद्द्वारा आज दिइएको जानकारीअनुसार प्रतियोगिताका खेल मकवानपुरसहित पाँच जिल्लामा हुने बताइएको छ ।

मकवानपुरमा पुरुष फुटबल, ब्याडमिन्टन र तेक्वान्दो प्रतियोगिता हुने बताइएको छ । फुटबल र ब्याडमिन्टन प्रतियोगिता फागुन २९ गते र तेक्वान्दो प्रतियोगिता चैत ६ गते हुनेछ । चितवनमा फागुन ३० गतेदेखि भलिबल र क्रिकेट प्रतियोगिता हुनेछ । सिन्धुपाल्चोकमा चैत ७ गतेदेखि कराते प्रतियोगिता हुनेछ ।

त्यसैगरी काठमाडौँमा चैत ६ गतेदेखि एथलेटिक्स खेल प्रतियोगिता हुने सो परिषद्ले जनाएको छ । साथै काभ्रेपलाञ्चोकमा चैत ७ गतेदेखि महिला फुटबल र चैत ९ गतेदेखि बक्सिङ प्रतियोगिता सुरु हुने परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले बताउनुभयो । अहिले प्रदेशका सबै जिल्लमा जिल्लास्तरीय छनोट प्रतियोगिता भइरहेका उहाँको भनाइ छ । प्रतियोगितामा एक हजार २०० भन्दाबढी पुरुष र ९०० भन्दाबढी महिला खेलाडीको सहभागिता रहने अनुमान परिषद्को रहेको छ ।

प्रतियोगिता आयोजनाका लागि रु आठ करोड ४० लाख खर्च हुने अनुमान रहेको सदस्य सचिव भण्डारीले जानकारी दिनुभयो । प्रतियोगिता आयोजनाका लागि पाँच उपसमिति र आठ प्राविधिक समिति गठन गरिएको छ । प्रतियोगिता उद्घाटन समारोहलाई भव्य बनाउन नेपाली सेनाको ब्याण्डसहित विद्यार्थीको ड्रिल प्रदर्शनी मार्शल आर्टको डेमो र विभिन्न झाँकी तथा सांस्कृतिक कार्यक्रमका आयोजना हुने बताइएको छ । खेलकुदको तयारी तीव्ररुपमा भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width