पत्रकारिता लोकतन्त्र रक्षाको निम्ति हुनुपर्छ: मन्त्री श्रेष्ठ

आदर्श समाज सम्वाददाता
फागुन २२, २०७८
Press Union Photo

पोखरा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले निष्पक्ष पत्रकारितामा जोड दिएका छन् । नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको आधारभूत पत्रकारिता तालिमको शनिबार समापनमा बोल्दै सो कुरामा जोड दिएका हुन् ।

मन्त्री श्रेष्ठले पत्रकारिताले जनतालाई सुसूचित गर्नुका साथै, धर्म समाजमा लुकेर रहेका प्रतिभा प्रस्फुटन गर्न र समाजलाई सही दिशा निर्देशमा सहयोग गर्ने बताए । पत्रकारिताको नियम र परिधिमा रहेर आफूले सिकेका ज्ञान र सीप प्रयोग गर्न प्रशिक्षार्थीलाई उनको सुझाव थियो । प्रदेशमा सञ्चार विधेयक आएपछि मिडियाका धेरै समस्या समाधान हुने भएकाले सरकार त्यसैमा तल्लिन रहेको उनको भनाइ थियो । उनले पत्रकारिता मिसनको लागि नभई लोकतन्त्रको रक्षाका लागि हुनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीले तालिमपछि पनि प्रशिक्षार्थीलाई पत्रकारिता पेशामा रहन आग्रह गरे । पत्रकार निडर र निपक्षी हुनुपर्ने उनको सुझाव थियो । कुनै पार्टी प्रति आशा छ भन्दैमा त्यो पार्टीले गरेको गल्ती नलुकाई समाचार लेख्न उनको आग्रह थियो । पत्रकारिता गर्दा कुनै समस्या परेमा नेपाली कांग्रेस सधंै पत्रकारको पक्षमा रहेको उनको भनाइ थियो ।

नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष एवं नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष गंगाधर पराजुलीले समयअनुसार चल्न नसक्ने पत्रकार पछि पर्ने बताए । उनले गण्डकी प्रदेश सरकारले मिडियाका क्षेत्रमा भनेजस्तो काम गर्न नसकेको बताए । देश संघीयतामा गइसक्दा पनि अझै सञ्चार मन्त्रालयअन्तर्गत हुने पत्रकार परिचयपत्र र सञ्चारमाध्यम नवीकरण जस्ता कार्य गर्न काठमाडौं नै धाउनुपर्ने बाध्यता रहेको उनले जनाए । यसका लागि गण्डकी प्रदेश सरकारले छिटोभन्दा छिटो काम गर्नुपर्ने सुझाव दिए ।

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले पत्रकारितामा भित्रिएका नयाँ–नयाँ विषयमा पत्रकार जानकार हुनुपर्ने धारणा राखिन् । उनले मिसन पत्रकारिताभन्दा व्यावसायिक पत्रकारितामा जोड दिनुपर्ने बताइन् । प्रशिक्षार्थीहरुलाई अब फिल्डमा काम गरेर देखाउने समय आएको भन्दै काम गर्नै शिलशिलामा आइपर्ने समस्या समाधान गर्न महासंघ सधैं साथमा रहने उनको भनाइ थियो ।

नेपाल प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देलले युनियनले पत्रकार उत्पादन गर्ने लक्ष्यसहित सुरु गरेको तालिममा उत्साहपूर्ण सहभागिताका लागि प्रशिक्षार्थीलाई धन्यवाद दिए । प्रमुख प्रशिक्षक सन्तोष पोखरेलले पत्रकारिताका महत्वबारे धारणा राखेका थिए । आगामी दिनमा तालिममा सिकेका विषय काममा उतार्ने क्रममा आफ्नो सधैं साथ र सहयोग रहने उनको भनाइ थियो । प्रशिक्षार्थी सीता परियार र रविरमण अधिकारीले तालिममा नयाँ नयाँ जानकारी पाएकाले अबका दिनमा पत्रकारिता गर्न सहज हुने धारणा राखे ।

तालिमको प्रमुख प्रशिक्षकमा सन्तोष पोखरेल रहेका थिए भने अन्य प्रशिक्षकमा रमेश पौडेल, गंगाधर पराजुली, रवीन्द्र बास्तोला, राजबहादुर गुरुङ, सरिता तिमिल्सिना पगेनी, नारायण शर्मा, विमला भण्डारी, बासु मिश्र, भानु पराजुली, बासुदेव पौडेल थिए।

३ दिनसम्म चलेको तालिममा ५५ जना प्रशिक्षार्थीले भाग लिएका थिए । उनीहरलाई मन्त्री श्रेठले प्रमाणपत्र वितरण गरेका थिए । सोही अवसरमा युनियन कास्कीले ३० भन्दा बढीलाई नयाँ सदस्यता दिएको थियो।

Related News

सम्बन्धित समाचार

  • आहारारा सफल पार्न संघसंस्थासँग छलफल

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता भव्य र सभ्यरुपमा सम्पन्न गर्न सहारा क्लब पोखराले खेलसम्बद्ध विभिन्न संघसंस्थासँग…
  • खेलकुद पत्रकार मञ्चको पदस्थापन

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको नवनिर्वाचित कार्यसमितिको शनिबार पदस्थापन भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको…
  • मेलामा सूचना प्रविधिको ज्ञान

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१ सूचना प्रविधिबारे नयाँ…
  • डिज्नील्याण्ड एकेडेमीको सप्ताहव्यापी खेलकुद

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । पोखरा मासबारस्थित डिज्नील्याण्ड एकेडेमीले सर्वाङ्गीण विकासका लागि खेलकुद भन्ने मूल नाराका साथ सप्ताहव्यापी खेलकुद कार्यक्रम गरेको छ ।…
  • दलित पत्रकार संघ गण्डकीमा पूर्ण

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    लेखनाथ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन पर्यटकीय क्षेत्र बन्दीपुरमा सम्पन्न भएको छ । अधिवेशनले आगामी…

hero news full width