का‌ंग्रेस नवलपुर अधिवेशनः सभापतिमा जिसी र घिमिरेको उमेदवारी, पदाधिकारीदेखि सदस्य सबैमा बढी उमेदवारी

रामकुमार श्रेष्ठ
फागुन २०, २०७८
congress nawalpur~

नवलपुर, २० फाल्गुन । सहमतिको प्रयासका बाबजुत नेपाली काँग्रेस नवलपुरका नयाँ नेतृत्वको लागि मनोनयन दर्ता भएको छ ।

निर्वाचन मण्डलका अनुसार सबै पदमा दुई वा सो भन्दा बढी उमेदवारी परेको छ । जिल्ला सभापतिमा महेन्द्रध्वज जिसी र बालकृष्ण घिमिरेको उमेदवारी परेको छ ।

जिसीले यस अघि प्रदेश कमिटिको सभापतिमा आकांक्षा देखाएका थिए। उनी प्रदेश कमिटिको सभापतिको दौडबाट बाहिरिएपछि जिल्लामा सभापति बन्ने दौडमा छन् ।

जिसी साविक नवलपरासी जिल्लाका सचिव हुन् । यस अघि जिसी नवलपरासी जिल्ला एउटै हुँदा जिल्ला सभापतिमा विष्णु लामिछाने र देवेन्द्रराज कँडेलसँग पराजित भएका थिए । संविधान सभा सदस्य र पूर्व सांसद समेत रहेका जिसीलाई शेखर कोइरालाको समर्थन रहेको बुझिएको छ ।

त्यसैगरी २०४७ मा सालमा नेपाल विद्यार्थी संघको जिल्ला कार्यसमिति सदस्य भएका बालकृष्ण घिमिरे पनि सभापति पदकै दौडमा छन् । उनलाई देउवा पक्षधरको समर्थन रहेको छ ।

२०५७ मा नेविसंघ जिल्ला सचिव २०६२ मा प्रजातान्त्रिक विचार समाजको संस्थापक जिल्ला सभापति, २०६५ मा प्रजातान्त्रिक विचार समाजको केन्द्रिय सदस्य, नेपाली कांग्रेसको ११ औं र १२ औं महाधिवेशनमा जिल्ला कार्यसमिति सदस्य, १३ औं महाधिवेशनमा जिल्ला सचीव बनेका घिमिरे जिल्लामा बौद्धिक नेताको रुपमा चिनिन्छन् ।

त्यसैगरी नेपाली काँग्रेस नवलपुरको अधिवेशनबाट २ जिल्ला उपसभापति, २ सचिव, २ उपसचिव गरी पदाधिकारीमा ७ पदका लागि निर्वाचन हुने छ ।

त्यसैगरी २ उपसभापति पदका लागि ६ जनाको उमेदवारी परेको छ ।

उपसभापतिमा उदय अधिकारी, उदय अर्याल, चन्द्रबहादुर राना, पूर्ण सिंह राना, केशवप्रसाद सापकोटा र धर्मराज बस्यालको उमेदवारी परेको छ ।

त्यसैगरी २ सचिव पदका लागि ४ जनाको उमेदवारी परेको छ । महेन्द्र पोख्रेल, होमराज रानाभाट, मित्र भण्डारी र करुणा सागर सुवेदीले सचिव पदमा उमेदवारी दिएका छन् ।

त्यसैगरी २ सहसचिवका लागि राजेश पौडेल, अशोक केसी, विन्दु काफ्ले र श्यामसुन्दर पराजुलीले उमेदवारी दिएका छन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width