पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापा शुक्रबार पोखरा आउँदैछन् । कांग्रेस मादी गाउँपालिकाद्वारा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा उनी यहाँ आउन लागेका हुन्।
महामन्त्री थापाले देशमा पछिल्लो विकसित घटनाक्रम, आसन्न स्थानीय निर्वाचनसम्बन्धी पार्टीको भूमिका र रणनीति एवं एमसीसी अनुदान सहयोग सम्झौताका विषयमा कम्युनिस्ट भ्रम चिर्ने गरी विशेष धारणा राख्ने कार्यक्रम रहेको कास्की कांग्रेस सचिव भानु ढकालले जानकारी दिए।
एमसिसि अनुदान सम्झौताका सम्बन्धमा पार्टीको केन्द्रीय समितिले गरेको निर्णय, उक्त सम्झौता प्रतिनिधि सभाबाट पारित गर्दा गरिएको व्याख्यात्मक टिप्पणी सम्बन्धमा उनले कार्यकर्ता सामु प्रष्ट पार्ने छन् । कार्यक्रममा कास्की कांग्रेसका ७२ वटै इकाइबाट अगुवा कार्यकर्ता एवं भातृ तथा शुभेच्छुक संस्थाका नेता, कार्यकर्ता सहभागीहरु हुने सचिव ढकालले जानकारी दिए।
कार्यक्रममा कास्की कांग्रेसका अग्रज नेताले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस मादी सभापति यमबहादुर गुरूङले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
निर्वाचनमा जनतामाझ उपलब्धिपत्र लिएर जानुपर्छ: काँग्रेस महामन्त्री थापा
काँग्रेसको सय दिने अभियान मादीमा
प्राविधिक शिक्षाका लागि कोइकासँग सवा अर्बको सम्झौता
माछापुच्छ्रेमा माओवादी केन्द्रको ज्ञापनपत्र
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१