पुस्तकालय स्थापना

आदर्श समाज सम्वाददाता
फागुन १९, २०७८
library establish

लेखनाथ । राइजिङ स्टार युथ क्लबले पोखरा–२७ रिठ्ठेपानीमा पुस्तकालयको स्थापना गरेको छ ।
क्लबको ३ लाख ५० हजार र विभिन्न व्यक्ति एवं संघसंस्थाबाट प्राप्त ७५ हजार गरी ४ लाख २५ हजार लागतमा पुस्तकालयको स्थापना गरिएको क्लब अध्यक्ष विष्णुप्रसाद गुरुङले जानकारी दिए ।
पुस्तकालय उद्घाटन गर्दै वडाध्यक्ष पूर्णकुमार गुरुङले पुस्तक पढ्ने बानीको विकास गर्न आग्रह गरेका थिए ।
यस्तै भूपू सैनिक क्लब अध्यक्ष सुवेदार मेजर जगबहादुर गुरुङले सचेत नागरिक एवं सभ्य समाज निर्माणमा पठन संस्कृति अपरिहार्य भएको बताए ।
क्लब अध्यक्ष विष्णुप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार यमप्रसाद गुरुङले स्वागत र कोषाध्यक्ष सागर गुरुङले सञ्चालन गरेका थिए । पुस्तकालयमा विभिन्न क्षेत्र एवं उमेर समूहका लागि उपयुक्त धार्मिक, साहित्यिक एवं ऐतिहासिक महत्वका पुस्तक एवं पत्रपत्रिका रहेको क्लबले जानकारी दिएको छ ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width