पोखरा । पोखरामा एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु) को संक्रमण फेला परेको छ । पोखरा महानगरपालिका वडा १५ र १७ का विभिन्न ठाउँमा संक्रमण फेला परेको हो ।
स्थानीय किसानले पालेका कुखुरा दैनिक मर्न थालेपछि परीक्षण गर्दा संक्रमण पुष्टी भएको कृषि मन्त्रालयले जनाएको छ । फागुन ६ गते पोखरा १५ का खुसीमान गुरुङले पालेको फार्ममा कुखुरा मरेपछि त्यसको परीक्षणका लागि जिल्ला प्रयोगशाला ल्याएका थिए । त्यहाँको आरडिटी परीक्षणमा पोजिटिभ देखिएपछि थप परीक्षणका लागि काठमाडौं पठाइएकोमा फागुन १५ गते संक्रमण पुष्टी भएको हो ।
यस्तै, पोखरा १७ का खेमबहादुर क्षत्रीको कुखुरा पनि परीक्षणका लागि पठाइएको थियो । उनको कुखुरामा समेत बर्ड फ्लु पुष्टी भएको जिल्ला बर्ड फ्लु नियन्त्रण कक्षका सञ्चार अधिकृत डा. गृष्म न्यौपानेले जानकारी दिए ।
रोगको संक्रमण फेला परेसँगै संक्रमित क्षेत्रमा सतर्कता उच्च बनाइएको छ । जिल्ला बर्ड फ्लु रोग नियन्त्रण समितिको बैठक बसेर त्यस क्षेत्रलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ भने पन्छीजन्य कारोबारमा बन्देज लगाइएको छ । संक्रमण भेटिएका खोरमा चैत २९ सम्म पन्छीपालन गर्न पनि रोक लगाइएको छ । ‘खोरको किसान भकाभक म¥यो भनेर किसान आफंैले उपचारका लागि ल्याउनुभयो । हामीले टेस्ट ग¥यौं । बर्ड फ्लु पोजिटिभ देखिएपछि काठमाडौं पठायौं । त्यहाँ प्रमाणित भयो,’ डा. न्यौपानेले भने । संक्रमित क्षेत्रलाई संकटग्रस्त घोषणा गरेर थप काम अघि बढाइएको उनको भनाइ छ ।
चारकिल्ला भित्रका पन्छी र पन्छीजन्य पदार्थ नष्ट गर्ने काम सुरु गरिएको छ । संक्रमण देखिएको फार्म नै इपिसेन्टर मानेर चारकिल्ला निर्धारण गरिएको हो । पोखरा वडा १५ र १७ मा ३९ घरधुरीका ३ सय ८१ वटा स्थानीय कुखुरा मारिएको छ । यस्तै, १२ वटा हास, ५१ बट्टाई, ५ वटा टर्की, ५ सय ९ वटा अण्डा, २२ केजी कुखुराको मासु, ३ सय २२ किलो दाना र ३ हजार ८ सय ५० किलो सुली नष्ट गरिएको छ ।
पोखरा वडा १५ र १७ मा बर्ड फ्लु संक्रमण भेटिएको हो
कास्कीमा सन् २०१९ पछि अहिले वर्ड फ्लु देखिएको हो । कास्कीको मादी गाउँपालिकास्थित याङ्जाकोटमा पछिल्लो समय संक्रमण भेटिएको थियो । २०७३ फागुनमा पनि खाल्टे मसिनामा संक्रमण फैलिएको थियो । पोखरामा पहिलो पटक सन् २०१० मा कुखुरामा वर्ड फ्लु संक्रमण पुष्टी भएको हो ।
संक्रमणकाल घोषित क्षेत्रको निर्मलीकरण गर्न प्राविधिक टोली खटाइएको छ । उनीहरुले वरपरका खोर सफाइदेखि पन्छी नष्ट गरिरहेका छन् । मारिएका पन्छी र पन्छीजन्य पदार्थको क्षतिपूर्ति सरकारले नै राहतको रुपमा उपलब्ध गराउने जिल्ला बर्ड फ्लु नियन्त्रण कक्षका कन्ट्रोल रुम इन्चार्ज शम्भुराज पाण्डेले बताए । योसँगै फागुन १८ देखि २७ सम्म जोखिम क्षेत्रमा पन्छी र पन्छीजन्य पदार्थको ओसारपसारमा रोक लगाइएको छ । ‘घरमा आफ्नै परिवारका लागि पालेका रहेछन् । छत र सानो खोरमा पालिएकोले धेरै क्षति भएको छैन भन्ने आकलन गरेका छौं,’ उनले थपे, ‘खुला ठाउँ भएकोले वरिपरि पनि गएको हुन सक्ने आशंका छ । हामी खोजी गरिरहेका छौं ।’ अव्यवस्थित पालन र कारोबारका कारण उक्त क्षेत्र सधैं बर्ड फ्लुको उच्च जोखिममा छ । केही वर्षअघि पोखरा–१४, मझेरीपाटन क्षेत्रमा समेत संक्रमण फैलिएको थियो ।
बर्ड फ्लु देखिएपछि उपभोक्ता र किसानलाई सचेत रहन पाण्डेले आग्रह गरेका छन् । बर्ड फ्लुको भाइरस २३ डिग्री सेल्सियस तापक्रममा मर्छ । कुखुराको खोरमा काम गर्ने र मासु काट्ने व्यक्तिले मास्क लगाउने, पञ्जा लगाएर काम गर्ने गर्नुपर्छ । तापक्रम बढेपछि भाइरस मर्ने भएकोले उपभोक्ता आत्तिहाल्नु पर्ने अवस्था नरहेको पाण्डे बताउँछन् ।
Related News
सम्बन्धित समाचार
पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
मानवअधिकार एलायन्समा पन्थी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१