दुर्घटनामा वृद्धको मृत्यु

रासस
फागुन १८, २०७८
ACCIDENT-POKHARA

इनरुवा । सुनसरीको गढी गाउँपालिका–६ मझौस्थित रामजानकी मन्दिरको प्राङ्गणमा ट्र्याक्टरको ठक्करबाट गए राति एक वृद्धको मृत्यु भएको छ । ठक्करबाट स्थानीय ७० वर्षीय हरिलाल मगरदैता यादवको मृत्यु भएको हो ।

प्र१–०२–००३त १०३३ नंको ट्र्याक्टरले यादवलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग