गौरीघाटमा बन्यो धार्मिक योग पार्क

आदर्श समाज सम्वाददाता
फागुन १८, २०७८
park

पोखरा । पोखरा महानगरपालिका र स्थानीयको सहयोगमा पोखरा–६ गौरीघाटमा निर्मित धार्मिक योग पार्क मंगलबार उद्घाटन गरिएको छ ।
महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले सो पार्क उद्घाटन गर्दै महानगरभित्रका धार्मिक तथा पर्यटकीय पार्क तथा बहुउद्देश्यीय उद्यान निर्माणका सहयोग हुँदै आएको बताइन् । उपप्रमुख गुरुङले कोही एक्लै अघि बढ्न नसक्ने भन्दै सबैको सहकार्यमा मात्रै पोखरा उपत्यका र समग्र देशको विकास गर्न सकिने सन्देश दिन यस्तो कार्यक्रम अघि बढाएको पनि बताइन् । पार्क स्थापना गर्ने र आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धार्मिक पार्क र योग पार्क बन्दै जानुपर्नेमा जोड दिइन् ।
वडाध्यक्ष जगतबहादुर पहारीले सांस्कृतिक सम्पदा संरक्षण र धार्मिक तथा पर्यटकीय पार्क निर्माणका लागि सहयोग गर्दै आएको बताए ।
पार्क निर्माणका परियोजनाकार अनिल थापाले महानगरबाट ६ लाख ७४ हजार र स्थानीयबाट चन्दा स्वरुप प्राप्त ६ लाख २७ हजार गरी कुल १३ लाखमा पार्क निर्माण भएको जानकारी दिए ।
पार्क निर्माण समिति अध्यक्ष लभ भुजेलले महानगरपालिकासँग सांस्कृतिक सम्पदा संरक्षणमा हातेमालो गर्दै अघि बढेकोले पार्क निर्माण सम्पन्न गर्ने सफल भएको बताए ।
यसैबीच, महाशिवरात्रि अवसर पारेर पार्कसँगै रहेको सर्वेश्वर शिव मन्दिरको समेत जीर्णोद्वार गरिएको छ ।
कार्यक्रममा पार्क निर्माण र सर्वेश्वर शिव मन्दिरको जीर्णोद्वारमा सहयोग गर्ने दातालाई सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • जनप्रियमा विएमटिएम स्पोर्टस् मिट

    आदर्श समाज सम्वाददाता पौष २९, २०८१
    पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको स्वायत्त कार्यक्रम स्नातक तह पर्वतीय पर्यटन व्यवस्थापन विएमटिएमको वार्षिक स्पोर्टस् मिट–२०२५ सुरु भएको छ ।…
  • हाइकर्स क्लबको साधारणसभामा सम्मान

    आदर्श समाज सम्वाददाता पौष २९, २०८१
    पोखरा । हाइकर्स क्लब, नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा…
  • नेपोन गण्डकीमा सत्यराज

    आदर्श समाज सम्वाददाता पौष २९, २०८१
    पोखरा । एमालेको जनवर्गीय संगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) गण्डकीको छैटौं वार्षिक साधारण सभा तथा दोस्रो…
  • पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश

    आदर्श समाज सम्वाददाता पौष २९, २०८१
    पोखरा । पोखरा महानगरपालिकाले करार कर्मचारी हटाउन गरेको निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । महानगरको निर्णय कार्यान्वयनमा अदालतले अंकुश…
  • नारी स्रष्टा एक ठाउँ

    आदर्श समाज सम्वाददाता पौष २९, २०८१
    पोखरा । साहित्य, कला र संगीत त्रिवेणी पोखरेली युवा सांस्कृतिक परिवारले गुञ्जन नारी साहित्यिक संस्था, काठमाडौंलाई निम्तो दियो–नारी स्रष्टा विशेष…

hero news full width

trending post

ट्रेन्डिङ्ग