विश्व हिन्दु महासंघको रक्तदान

आदर्श समाज सम्वाददाता
फागुन १८, २०७८
blood

पोखरा । हिन्दु महासंघ नेपाल कास्की र लायन्स क्लब अफ पोखरा भिजिटको संयुक्त आयोजनामा मंगलबार पोखरामा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ ।
विश्व हिन्दु महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष शंकर खरालले रक्तदान कार्यक्रमले कसैको ज्यान बचाउन सहयोग पुग्ने बताए । सामाजिक सेवामा सबैभन्दा ठूलो सेवा रक्तदान रहेको बताएका खरालले रक्तदान कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
गुरु योगी नरहरिनाथको १०८ औं जन्मजयन्ती तथा महाशिवरात्रीको अवसरमा पुण्ड दानस्वरुप रक्तदान कार्यक्रम आयोजना गरिएको विश्व हिन्दु महासंघ कास्की अध्यक्ष पार्वती पौडेलको भनाइ थियो ।
सामाजिक सेवा गर्ने उद्देश्यले स्थापित क्लबले रक्तदानलाई उच्च महत्व दिंदै चिप्लेढुंगा मानवअधिकार चोकमा सो कार्यक्रम गरेको क्लब अध्यक्ष सुवास पौडेलले जानकारी दिए ।
कार्यक्रमका विश्व हिन्दु महासंघ कास्की संयोजक मेनुका बरालले रगतको माग पूरा गर्न नियमित रगतको आवश्यकता हुने बताइन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको प्राविधिक सहयोग थियो ।

Related News

सम्बन्धित समाचार

  • रचनाले नचाइन् पोखरेली

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    पोखरा । अहिलेकी लोकप्रिय गायिका रचना रिमालले आइतबार पोखरेली दर्शकलाई आफ्नो प्रस्तुतिमा भरपूर मनोरञ्जन दिइन् । अमरसिंह चौरमा जारी १३…
  • निर्माण व्यवसायीले बुझाए ज्ञापन

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीले विभिन्न मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । व्यवसायीहरुका माग सम्बोधन गर्न माग गर्दै…
  • चिसापानी एकता समाजको भेटघाट

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    लेखनाथ । चिसापानी एकता समाज पोखरा २९, ३० र ३२ को आयोजनामा गाउँले भेटघाट तथा ल्होछार विषय कार्यक्रम भएको छ…
  • महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा

    आदर्श समाज सम्वाददाता माघ ६, २०८१
    पोखरा । करारमुक्त महानगर बनाउने निर्णय गरेको पोखराले शुक्रबारदेखि ५१ जना स्वास्थ्यतर्फका कर्मचारीलाई हाजिरी गर्न रोकेको छ । उनीहरुको १…
  • संरक्षण आमा समूहद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । बाटुलेचौरस्थित संरक्षण आमा समूहले समूहको विकास र उन्नयनमा भूमिका खेल्ने आमाहरूलाई सम्मान गरेको छ । समूहको २४ औं…

hero news full width