नवलपुर कांग्रेसको नेतृत्वमा २ आकांक्षी

आदर्श समाज सम्वाददाता
फागुन १७, २०७८
congress nawalpur~

नवलपुर । नेपाली कांग्रेस नवलपुरमा आगामी नेतृत्वका लागि २ जना आकांक्षी देखिएका छन् । यही फागुन १९ र २० मा हुने अधिवेशनका लागि सभापतिमा महेन्द्रध्वज जिसी र बालकृष्ण घिमिरेले आकांक्षा देखिएका हुन्।
पार्टीका जिल्ला सचिव बालकृष्ण घिमिरेका अनुसार १९ गते उम्मेदवारी दर्ता र २० गते मतदान हुँदैछ ।
घिमिरेले सामाजिक सञ्जालमार्फत आधिकारिक घोषणा गरिसकेका छन्। जिसी र घिमिरे अहिले दुवै जना कांग्रेस कार्यकर्तालाई भेटघाट गर्ने मत माग्ने गर्नमा व्यस्त छन् ।
घिमिरे कांग्रेसका अर्का हस्ती महेन्द्रध्वज जिसीसँग प्रतिप्रर्धा गर्ने सम्भावना बढी रहेको छ । जिसीलाई केही पक्ष जिल्लामा सर्वसम्मत सभापति बनाउने पक्षमा देखिए पनि घिमिरेको यो घोषणासँगै जिसीको सर्वसम्मत सभापति हुने सम्भावना टरेर गएको छ ।
जिसीले यसअघि प्रदेश कमिटिको सभापतिमा आकांक्षा देखाएका थिए । उनी प्रदेश कमिटिको सभापतिको दौडबाट बाहिरिएपछि जिल्लामा आकांक्षी बनेका हुन् ।
जिसी साविक नवलपरासी जिल्लाका सचिव हुन् । यसअघि उनी नवलपरासी जिल्ला एउटै हुँदा जिल्ला सभापतिमा विष्णु लामिछाने र देवेन्द्रराज कंडेलसँग पराजित भएका थिए। संविधानसभा सदस्य र पूर्व सांसद समेत रहेका जिसीलाई शेखर कोइरालाको समर्थन रहेको बुझिएको छ ।

सभापतिमा महेन्द्रध्वज जिसी र बालकृष्ण घिमिरेले आकांक्षा देखिएका हुन्

त्यसैगरी, २०४७ मा सालमा नेपाल विद्यार्थी संघको जिल्ला कार्यसमिति सदस्य भएका घिमिरे बौद्धिक नेताका रुपमा चिनिन्छन् । उनी २०५७ मा नेविसंघ जिल्ला सचिव २०६२ मा प्रजातान्त्रिक विचार समाजको संस्थापक जिल्ला सभापति, २०६५ मा प्रजातान्त्रिक विचार समाजको केन्द्रिय सदस्य, नेपाली कांग्रेसको ११ औं र १२ औं महाधिवेशनमा जिल्ला कार्यसमिति सदस्य, १३ औं महाधिवेशनमा जिल्ला सचिव बनेका थिए ।
अधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ सचिव, २ उपसचिव गरी पदाधिकारीमा ७ जना निर्वाचति हुने छन् ।
सदस्यमा १ नगरपालिकाबाट १ महिलासहित ३ सदस्य गरी ४ नगरपालिकाबाट १२ जना सदस्य, १ गाउँपालिकाबाट १ महिलासहित २ जना सदस्य गरी ४ गाउँपालिकाबाट ८ जना सदस्य छानिने छन् । त्यसैगरी, खसआर्यबाट २ महिला र २ खुल्ला सदस्य, जनजातिबाट ३ महिला र ३ खुल्ला सदस्य गरी ६ जना सदस्य, दलितबाट १ जना सदस्य, थारुबाट १ महिला र १ खुला गरी २ जना सदस्य र अल्पसंख्यक वा अपांगताबाट १ जना सदस्य छनोट हुनेछ । नवलपुरमा १ हजार ९ सय ६१ जनाले जिल्ला अधिवेशनमा मतताधिकार प्रयोग गर्ने छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width