चाउथेमा गौरीशंकरको सेवा केन्द्र

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७८
gauri shankar

हेमजा । हेमजास्थित गौरीशंकर वचत तथा ऋण सहकारी संस्थाको चाउथे सेवा केन्द्रको शनिबार उद्घाटन गरिएको छ । केन्द्र उद्घाटन गर्दै प्रदेश भूमि व्यवस्था कृषि सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बुढाले राष्ट्रिय पुँजी निर्माणमा सहकारीको भूमिका महत्वपूर्ण रहँदै आएको बताए । मन्त्री बुढाले प्रदेश सरकारद्वारा सञ्चालित व्यावसायिक जीवन रक्षा कोषको परिचालनमा पनि सहकारीहरुले ध्यान दिनुपर्ने उल्लेख गर्दै पोखराको सहकारी आन्दोलनमा गौरीशंकरको भूमिका महत्वपूर्ण रहेको आफूले पाएको पनि उल्लेख गरे ।
मन्त्री बुढाले एउटै टोलमा धेरै सहकारी हुनु त्यति राम्रो नभएकाले सहकारी एकीकरणमा जोड दिनुपर्ने बताए । सहकारीहरु बचत तथा ऋणमा मात्रै सिमित नबनी उत्पादनमूलक क्षेत्रमा पनि अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
पोखरा १४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले हेमजास्थित गौरीशंकर सहकारीले चाउथेमा सेवा केन्द्र सञ्चालन गर्नु सुखद् भएको औंल्याउँदै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरे । उनले भूमि सम्बन्धी समस्या समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
सहकारीका अध्यक्ष केशवशरण पौडेलले संस्थालाई नीति, विधि र प्रविधिले सञ्चालन गरिरहेको दावी गर्दै आवश्यक परे सदस्यको हितका लागि करोडौं लगानी गर्न पनि सहकारी सक्षम रहेको स्पष्ट पारे ।
मझेरी बचत तथा ऋण सहकारीका वरिष्ठ उपाध्यक्ष पशुपति पौडेल, संस्थापक अध्यक्ष तथा सल्लाहकार डबलबहादुर कुँवर, राष्ट्रिय सहकारी बैंक पोखरा कार्यालय प्रमुख नरेश पाण्डे, बेलचौतारा टोल विकास संस्थाका अध्यक्ष आनन्द श्रेष्ठ लगायतले धारण राख्दै सहकारी संस्थाबीच सहकार्यको भावना प्रगाढ हुनुपर्नेमा औंल्याए ।
प्रमुख कार्यकारी अधिकृत डम्बरसिंह बस्नेतले संस्थाको समग्र अवस्थाबारे जानकारी राख्दै सहकारीलाई थप मजबुत बनाउन पोखराको केन्द्र भाग तथा माछापुच्छे« गाउँपालिकामा सदस्य सेवा केन्द्र स्थापनाका लागि प्रदेश सरकारले सहजीकरण गरिदिन आग्रह गरे।
कार्यक्रमका बीच स्थानीय बेलचौतारा टोल विकास संस्थालाई कुल १८ वटा डस्वीन पनि हस्तान्तरण गरियो । सहकारीका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष खड्गबहादुर कार्कीले स्वागत, सहसचिव तथा शिक्षा उपसमिति संयोजक दलबहादुर कुँवरले ७ सिद्घान्त वाचन एवं सचिव घनश्याम तिम्सिनाले संचालन गरे ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width