‘कालीगण्डकी: संस्कृति र सम्पदा’ को चर्चा

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७८
book

पोखरा । पाल्पा साहित्य समाजको आयोजनामा धार्मिक तीर्थस्थल रूरू क्षेत्रमा ‘कालीगण्डकी ः संस्कृति र सम्पदा’ कृतिको चर्चा गरिएको छ । पाल्पा र गुल्मीका श्रष्टाले साहित्यकार डा. जगन्नाथ रेग्मीद्वारा सम्पादित सो कृतिको चर्चा गरेका हुन् ।
साहित्यकार शशि पन्थीले कालीगण्डकी र रूरू क्षेत्रको विकास र विस्तार एवं प्राचीन सम्पदा संरक्षणसँगै सांस्कृतिक जगेर्नाका लागि डा. रेग्मीको कृति महत्वपूर्ण रहेको बताए ।
जिल्ला समन्वय समिति गुल्मीका उपसभापति तुलसी श्रेष्ठले डा.रेग्मीले संस्कृति र सम्पदाको जर्गेना गर्ने विषयमा कृतिमार्फत उल्लेख गरेकोमा आभार प्रकट गरिन् ।
पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगोपाल सिंहले पाल्पा र गुल्मीको साहित्य क्षेत्रलाई एक ठाउँमा ल्याउने प्रयास समाजले गर्दै आएको बताए । उनले पाल्पामा सीमित साहित्यलाई बाहिरसम्म जागरण ल्याउने काममा आफूहरु लागेको धारणा व्यक्त गरे ।
समीक्षक मेघराज रिजालले कृतिमा कालीगण्डकीको उत्पत्ति सहित गण्डकी महिमा, रूरू महिमा, बराह क्षेत्र धाम आदिको बर्णन गरिएको बताए । उनले पौराणिक कुराहरूको वर्तमानमा महत्व रहेको र आध्यात्मिक एवं इतिहाससँग सरोकार राख्नेहरूका लागि यो कृति अत्यन्त महत्वपूर्ण रहेको चर्चा गरे ।
कार्यक्रममा इ. झविन्द्र ज्ञवाली, जनप्रतिनिधि सीता ज्ञवाली, साधक दुर्गादत्त पौडेल, समाजसेवी दुर्गादत्त रेग्मी, ऋषीकेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टराई, पत्रकार चूडामणि तिमिल्सिना, त्रिभुवन मावि अर्गलीका प्रअ नारायण नेपाल, समाजसेवी जीवन कसजु लगायतले कृतिको चर्चा गर्दै सफलताको शुभकाना दिए ।
कृति सम्पादक डा.जगन्नाथ रेग्मीले कालीगण्डकीको तीरमा आफ्नो कृतिको परिचर्चा भएकोमा गौरवान्वित भएको बताए । समाजका अध्यक्ष पुष्कर अथक रेग्मीले कृति शोध खोज सोच र ओजपूर्ण रहेको बताए । उनले रेग्मीजस्ता थुप्रै साहित्यकार र श्रष्टा जन्माउने काममा समाज स्थापनाकालदेखि नै लागेको धारणा व्यक्त गरे । सोही अवसरमा रूरू क्षेत्र र कालीगण्डकीको महिमा व्यापिकरणका लागि अहोरात्र समर्पित व्यक्तित्व देवेश्वर सरस्वतीलाई सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै