गोपी–धरम र नवीन–राजु जोडी फाइनलमा

आदर्श समाज सम्वाददाता
फागुन १५, २०७८
tenis vetrans dubble

पोखरा । गोपीबहादुर भट्टराई र धरमसिंह लामिछानेको जोडीले नवीन श्रेष्ठ र राजु गुुरुङको जोडीसँग पोखरामा जारी रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिताको डबल्सतर्फ उपाधिका लागि भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिताअन्तर्गत शनिबार भएको डबल्सतर्फको सेमिफाइनल खेलमा जीत हासिल गरेका उनीहरुले उपाधिका लागि अन्तिम प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनलमा गोपी र धरम जोडीले लोक गुरुङ र राजन पौडेलको जोडीमाथि ६–४, ७–५ को नतिजा निकाल्दै फाइनलमा स्थान सुरक्षित पार्दा नवीन श्रेष्ठ र राजु गुरुङको जोडीले नवीन चालिसे र शरण गुरुङको जोडीमाथि ६–४, ६–३ को सोझो सेटमा खेल आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान पक्का गरेका हुन् ।
रेबान पोखराको मुख्य प्रायोजनमा जारी प्रतियोगिताअन्तर्गत सिनियर भेट्रान्सको एकल उपाधिका लागि गोपीबहादुर भट्टराई र राजन पौडेलबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका फाइनल खेलहरु आइतबार बिहान हुने आयोजक संघले जनाएको छ ।
प्रतियोगितामा खुला एकलतर्फका विजेताले नगद १५ हजार तथा दोस्रो हुनेले नगद ७ हजार ५ सयसहित ट्रफी प्राप्त गर्नेछन् । डबल्सतर्फ विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । नवप्रवेशीतर्फका विजेता र उपविजेताले ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width