फाइल फाेटाे
उदयपुर । नेकपा ९एमाले०का सचिव तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले एमसिसीबारे एमालेले औपचारिक धारणा संसद्भित्र राख्ने बताउनुभएको छ । जिल्ला सदरमुकाम गाईघाट बजारमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा भन्नुभयो, “पहिला संसद् सामान्यरूपमा सञ्चालन हुने वातावरण सरकारले बनाउनुपर्छ तबमात्रै एमालेले आफ्नो औपचारिक धारणा सदनमा राख्छ ।”
एमालेले एमसिसीको विषयमा सहयोग गर्नुपर्ने भए पहिला आफूहरूले सदन चल्नका लागि माग गरेका विषयलाई सरकारले सम्बोधनसहित संसद् सञ्चालन हुने वातावरण बनाउनुपर्ने र त्यसपछि मात्रै एमालेले आफ्नो धारणा स्पष्ट राख्ने भट्टराईले बताउनुभयो ।
वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकिए पनि सरकारले निर्वाचन तयारीका लागि कुनै काम सुरु नगरेका कारण समयमा निर्वाचन सम्पन्न नहुने आशङ्का रहेका कारण एमालेले यसमा खबरदारी गरिरहेको धारणासमेत राख्नुभएको छ । उक्त कार्यक्रममा एमाले पोलिब्यूरो सदस्य तथा पूर्व सहरी विकास राज्यमन्त्री मन्जुकुमारी चौधरी, केन्द्रीय सदस्य अम्बिका थापा र जिल्ला पार्टी अध्यक्ष परमेश्वर घिमिरेको उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
एमाले वडा कमिटी पोखरा–१९ को पदस्थापन
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का
माघ २२, २०८१कोटिहोमलाई दाउरा, मासिए चौतारा
माघ २०, २०८१