स्वरोजगार बन्दै जुम्लाका महिला

रासस
फागुन १४, २०७८

खलङ्गा । चन्दननाथ नगरपालिका– ६ की सङ्गीता रावलको दुई वर्षअघिसम्म कमाइ केही थिएन । घरपरिवारको गुजारा चलाउन निकै गाहे हुन्थ्यो । आर्थिक उपार्जनका लागि उनले सीपमूलक तालिन लिइन् । अहिले उनलाई परिवार चलाउन सहज भएको छ ।

आर्थिक आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले सामाजिक विकास कार्यालय जुम्लाले एकमहिने हाते होजियारी सीप सिक्ने व्यवस्था गरेपछि सङ्गीता विस्तारै आत्मर्निभर बन्न थालेकी छिन् । “तालिमले आर्थिक आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न भएको आभास दिलाएको छ”, उनले भनिन्, “सीप सिकेर आत्मनिर्भर बन्ने अभियानमा लागेकी छु ।” यो सीपले हाम्रो जीवनस्तरमा सुधार ल्याएको उनको भनाइ छ ।

“एक महिनासम्म आर्थिक आर्जन गर्ने सीप सिक्यौँ”, सङ्गीताले भनिन्, “अब घरमै बसेर सिकेको सीप व्यवहारमा ल्याएर व्यावसायिक बन्ने कार्यमा जुट्छौँ । टोपी र मोजा बुन्न सिकेका छौँ । घरमै बसेर टोपी र मोजा बुनेर नजिकैको बजारमा बिक्री गर्न सहज भएको छ । यो सीपले हाम्रो जीवनस्तरमा सुधार ल्याएको छ ।”

चन्दननाथ– ४ की अमृता भारतीलाई पनि यस तालिमले व्यावसायिक बन्न पे्ररित गरेको छ । सानो लगानीमा सञ्चालन गर्न सकिने व्यवसाय भएकाले सहजै चलाउन सकिने छ । सिकेको सीप कहिले पनि खेर नजाने भएकाले जुनसुकै बेला काम लाग्ने उनको भनाइ छ । “सीप सिकेर मात्र हुँदैन”, उनले भनिन्, “उत्पादन गरी त्यसलाई बिक्री पनि गर्न सक्नुपर्दछ ।”

सङ्गीता र अमिृता मात्र होइन, जुम्लाको चन्दननाथ नगरपालिकाभित्रका बेरोजगार महिला अहिले सीप सिकेर स्वरोजगार बन्न थालेका छन् । गरिब तथा विपन्न वर्गका महिलालाई आर्थिक तथा सामाजिक रूपमा अगाडि बढाउन यसप्रकारका तालिमको आयोजना गरेको सामाजिक विकास कार्यालयले जनाएको छ । कुनै बेला श्रीमान्सँग हात थापेर गुजारा गर्ने यी महिलाहरू अहिले आर्थिक रूपमा आफैं सवल बन्न थालेका छन् । अर्थले मान्छेको जीवनमा ठूलो प्रभाव पार्छ । उनीहरू पनि समाजमा आर्थिक रूपमा सक्षम बन्दै गएका छन् । आफूहरूलाई आर्थिक रूपमा सक्षम बनाउन सहयोग गर्नेप्रति उनीहरू खुसी छन् ।

पछिल्ला दिनमा हरेक क्षेत्रका महिला आत्मनिर्भर हुँदै आएकोमा यहाँका महिलाले गरेका उत्पदानका कामले अरू पनि प्रभावित भएका छन् । उनीहरूका परिवार पनि यसबाट खुसी छन् । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले सीपलाई व्यावसायिकरूपमा अगाडि बढाउन महिलालाई आग्रह गर्नुभयो । बजारमा पाइने रेडिमेडभन्दा हातले बुनेका मोजा, टोपी बलियो र टिकाउ हुनेहुँदा सीपलाई सही सदुपयोग गर्न उहाँले सुझाउनुभयो ।

पातारासी गाउँपालिकाद्वारा २३२ योजना सम्पन्न

जुम्लाको पातारासी गाउँपालिकाले गत आर्थिक वर्षमा २३२ वटा योजना सम्पन्न गरेको छ । पालिकाभित्रका सबै वडामा सो योजना सम्पन्नका लागि रु १९ करोड १८ लाख ६३ हजार ६०० खर्च भएको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताउनुभयो ।

स्थानीय समुदायका मागमा आधारित योजना सफतापूर्वक निर्माण गरी सञ्चालनमा आएका छन् । सो गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को दोस्रो चौमासिकको सार्वजनिक सुनुवाइ तथा समीक्षा कार्यक्रमा अध्यक्ष बोहोराले सो जानकारी दिनुभएको हो ।

चालू आवमा एक स्थानीय तह एक खेल मैदान, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, कृषि कार्यालय जुम्लाको आलु पकेट सिँचाइ कार्यक्रमको २ प्रतिशत, राष्ट्रिय शैक्षिक सुधार कार्यक्रममा चार प्रतिशत, वित्तीय समानीकरणतर्फ २१ प्रतिशत, प्रधानमन्त्री रोजगार कार्यक्रममा सात प्रतिशत बजेट खर्च भइसकेको छ ।

यस्तै मुख्यमन्त्री रोजगार कार्यक्रमको १७ प्रतिशत, सङ्घ सरकारको समपूरक र विशेष अनुदानतर्फको ३९ प्रतिशत, वित्तीय समानीकरणतर्फको अध्यक्ष/उपाध्यक्ष विकास कोषतर्फ २ प्रतिशत र नेपाल जलवायु परिवर्तन कार्यक्रमतर्फको आठ प्रतिशत रकम पालिकाले खर्च गर्न सफल भएको उहाँको भनाइ छ । पालिकाभित्र ४० वटा सडक निर्माण भई सञ्चालनमा आएका छन् । आर्थिक वर्ष २०७६/०७७ मा ग्राभेल सडक ५१ हजार मिटर र २०७७/०७८ मा ७५ हजार मिटर सडक ग्राभेल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width