दीप हस्पिटलले स्वास्थ्य शिविर गर्ने

आदर्श समाज सम्वाददाता
फागुन १३, २०७८

पोखरा । पोखरा १, बगरस्थित दीप हस्पिटल एन्ड रिसर्च सेन्टरले स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । हस्पिटलले आफ्नो सेवाहरु पूर्ण रुपमा सञ्चालनमा आएको अवसरमा यही फागुन २१ गते शनिबार अस्पताल प्रांगणमै शिविर सञ्चालन गर्न लागेको प्रबन्ध निर्देशक अर्जुन गुरुङले जानकारी दिए ।
शिविरमा पेट, छाती तथा मुटु रोग सेवा, हाडजोर्नी नसा तथा बाथरोग, स्त्री तथा प्रसूति रोग, बालरोग, छाला तथा यौन रोग, नाक, कान तथा घाँटी, आँखा रोगसम्बन्धी जाँच हुने जनाइएको छ ।
साथै ल्याब, एक्सरे, इसिजी, भिडियो एक्सरे, मुटुको भिडियो एक्सरे (इको) लगायत विशेषज्ञद्वारा स्वास्थ्य परीक्षण गरिने र विशेषज्ञ डाक्टरबाट गरिने जाँचमा शत प्रतिशत छुट र अन्य सेवामा ३० प्रतिशतसम्म छुट रहेको अस्पताल व्यवस्थापक शालिग्राम गौतमले बताए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width