काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटवार्तामा उहाँहरुबीच संसद्को जारी अवरोध खुलाउने र एमसिसी सम्झौता अनुमोदनको वातावरण बनाउने विषयमा छलफल भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
छलफलमा प्रधानमन्त्री देउवाले सबैको सहयोगमा संसद्बाट एमसिसीलाई अनुमोदन गरौँ भनेर प्रस्ताव गर्नुभएको थियो । जवाफमा अध्यक्ष ओलीले जुन कारणले आफूहरुले संसद् अवरुद्ध गरिरहेको हो पहिला त्यसको निराकरण गर्नुपर्ने विषय राख्नुभएको उहाँले जानकारी दिनुभयो । एमालेले आफूहरुले कारबाही गरेका १४ सांसद पदमुक्त भएको सूचना सभामुखले टाँस नगरेको भन्दै छ महिनादेखि संसद् अवरुद्ध गर्दै आइरहेको छ ।
लामो समयदेखि अवरुद्ध रहेको संसद्लाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेतासँग संसद् भवन र बालुवाटारमा लामो छलफल गर्नुभएको उहाँले जानकारी दिनुभयो । संसद्लाई प्रभावकारी बनाउन दलहरुसँगको छलफल जारी रहने उहाँको भनाइ छ ।
“संसद्लाई सञ्चालन गर्नका निमित्त प्रधानमन्त्रीले अधिकतम प्रयत्न गरिरहनुभएको छ, संसद्मा अवरोध हटाउने प्रतिबद्धता उहाँहरु (एमाले)ले जनाउनुभएको छैन”, उहाँले भन्नुभयो । सरकारका प्रवक्तासमेत रहनुभएको मन्त्री कार्कीले भोलि बस्ने संसद्को बैठकमा एमसिसी सम्झौतामाथि सैद्धान्तिक छलफल शुरु हुने र गहन सहमतिबाटै निष्कर्षमा पुर्याइने बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
hero news full width
मुख्य समाचार
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
पौष २९, २०८१पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश
पौष २९, २०८१