काभ्रेपलाञ्चोक । सवारी साधन दुर्घटनामा गएराति मृत्यु भएका व्यक्तिका आफन्तले आज अरनिको राजमार्गअन्तर्गत काठमाडौँ उपत्यकाको पूर्वी नाका साँगा सडकखण्ड अवरुद्ध गरेका छन् । बनेपाबाट साँगातर्फ मोटसाइकलमा गइरहेका बनेपा नपा–१४ का ३२ वर्षीय विशाल तामाङको सवारी साधानको ठक्करबाट बुधबार राति मृत्यु भएपछि दोषी पत्ता लगाई कारबाहीको माग गर्दै स्थानीयवासीले आज बिहान १० बजेदेखि सडक अवरुद्ध पारेका हुन् ।
सडक अवरुद्ध हुँदा सयौँ सवारी साधानमा राजधानी जाने तथा काभ्रेपलाञ्चोकसहित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली तथा मध्यपहाडी क्षेत्रहुँदै पूर्वी तराई जाने यात्रु अलपत्र परेका छन् । राति १० बजेतिर एक सवारी साधनको ठक्करले तामाङको मृत्यु भएको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन कोइरालाले बताउनुभयो । रातको समयमा ठक्कर दिनेसवारी साधानकोे खोजी कार्य भइरहेको र अवरुद्ध राजमार्ग सञ्चालनको प्रयास भइरहको उहाँले जानकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
गिभिनाकी आमाको सडक दुर्घटनामा मृत्यु, भाइले गरे आत्महत्या
बन्दीपुरमा बस ठोक्किँदा बसचालकको मृत्यु, २९ घाइते
पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
भ्रमणको बस दुर्घटना
बस दुर्घटनामा ४ जनाको मृत्यु
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१