ला ग्रान्डीका विद्यार्थी दीक्षित

आदर्श समाज सम्वाददाता
फागुन १२, २०७८
La grandis

पोखरा । ला ग्रान्डी इन्टरनेशनल कलेजले आफ्नो व्याच २०१५ तथा ०१६ का १ सय ९७ विद्यार्थीलाई दीक्षित गरेको छ ।
कोरोनाका कारण विश्वविद्यालयले यस पटक डिन लिष्टमा पर्न सफल विद्यार्थीलाई विश्वविद्यालयमा नै डिन लिस्ट अवार्ड प्रदान गरेको थियो ।
दीक्षित हुने विद्यार्थीलाई कलेजका प्रिन्सिपल एवं कार्यक्रमका सभापति इ. किरण केसी, पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन, पोवि सिनेट सदस्य सहप्राध्यापक राजेश कुमार ठकुराठी, कलेजका कार्यकारी निर्देशक डा. डेबिडकुमार बस्यालले शुभकामना दिंदै प्रमाणपत्र प्रदान गरेका थिए ।
सन् २०१५ र २०१६ का कुल विद्यार्थीमध्ये २८ जना डिन लिस्टमा र ५ जना ला ग्राणी एक्सिलेन्स अवार्ड प्राप्त गर्न सफल भएका थिए । उक्त विद्यार्थीलाई प्रमाणपत्र, अवार्ड तथा नगद पुरस्कारद्वारा सम्मानित गरिएको थियो । कार्यक्रममा दीक्षित विद्यार्थीका अभिभावकसमेत उपस्थित थिए ।
कार्यक्रमको सहजीकरण कलेजका प्रशासक तथा अंग्रजी विभाग प्रमुख ज्ञानेन्द्र पौडेलले गरेका थिए । पोखराको सिमलचौरस्थित कलेजमा हाल ६ सय जना विद्यार्थी अध्ययनरत् छन् । कलेजले १९ वर्षदेखि बिबिए, बिसिए र बिपिएचका कक्षा सञ्चालन गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width