जाउँ है पोखरा अभियान सम्पन्न

आदर्श समाज सम्वाददाता
फागुन १२, २०७८
Jaun hai in Birgunj

पोखरा । आन्तरिक पर्यटन पुनःउत्थानको लक्ष्यसहित यस वर्षको जाउँ है पोखरा अभियान सफलतापूर्वक सम्पन्न भएको छ । बुटवल, हेटौंडा र विरगंज लगायतका सहर समेटेर संचालन गरिएको अभियानअन्तर्गत आन्तरिक पर्यटनको विकासका लागि व्यावसायिक सहकार्य र पर्यटन प्रबद्र्धनको पक्षमा जोड दिइएको थियो ।
आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधारको रुपमा बुझेर संघले अभियान संचालन गरेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । अभियानको क्रममा खासगरी नेपाली नयाँ वर्षका अवसरमा आयोजना गरिंदै आइएको फेवा नव वर्ष महोत्सवमा सहभागिताका लागि उल्लेखित शहरका वासिन्दालाई छलफल र अन्तरक्रिया आयोजना गरी निमन्त्रणा प्रदान गरिएको उनले बताए । महोत्सवका अवसरमा होटलका कोठामा ३० प्रतिशत छुट प्रदान गरिने पनि उनले जानकारी गराए ।
संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले सधैं कोभिड–१९ भनेर बस्नुभन्दा मारमा परेको पर्यटन व्यवसायलाई विस्तारै पुनर्जागृत गर्दै चलायमान बनाउने उद्धेश्य अनुरुप आफूहरु प्रचारमा निस्किएको स्पष्ट पारे ।
वीरगञ्जमा बुधबार आयोजित कार्यक्रममा व्यवसायी गणेशप्रसाद लाठले पोखराले पर्यटकको चाहना अनुसार सेवा सुविधा विकास, विस्तार र परिस्कृत गर्दै अगाडि बढ्नुपर्ने सुझाव राखे । अर्का व्यवसायी अनिल अग्रवालले ठूला दरका भारतीय नोट बोक्न पर्यटकलाई नेपालमा छुट हुने वातावरण सिर्जना गर्नुपर्ने भनाई राखे । आयोजक संघका सल्लाहकार बच्चुराम तिवारीले व्यावसायिक एकता र पर्यटनमा सहकार्य आबश्यक भएको भन्दै प्रतिस्पर्धी बजारलाई चिनेर अगाडि बढ्नुपर्ने बताए ।
नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा भएको कार्यक्रममा होटल संघ नेपालका केन्द्रिय सदस्य विप्लव पौडेल, अर्का केन्द्रिय सदस्य एवं होटल संघ नेपाल पोखराका सल्लाहकार भरतराज पराजुली र होटल संघ नेपाल पोखराका सल्लाहकार हरि शर्मा गैह्रे लगायतको सहभागिता रहेको संघका महासचिव राजेन्द्र ढकालले बताए । गत आइतबारदेखि सुरु अभियान ४ दिनसम्म चलेको हो ।

Related News

सम्बन्धित समाचार

  • नागीधार महोत्सव तयारी पूरा

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । मादी गाउँपालिका ८, नागीधार गाउँमा यही ४–६ माघसम्म नागीधार महोत्सव हुँदैछ । मूल आयोजक समिति संयोजक ओमप्रकाश गुरुङले…
  • २६ औं घलेल ल्होछार उत्सव

    आदर्श समाज सम्वाददाता पौष २४, २०८१
    पोखरा । २६ औं घलेल ल्होछार उत्सव अवसरमा घलेलमा आयोजित पुरुषतर्फ भलिबल उपाधिका लागि घान्द्रुक किम्चे गाउँ र धम्पुस लेककुना…
  • प्राधिकरणले विमानस्थल चलाउने कार्ययोजना बनाएन : गुरुङ

    आदर्श समाज सम्वाददाता पौष १४, २०८१
    पोखरा । पोखराको लेकसाइडमा २६ औं संस्करणको पोखरा सडक महोत्सव सुरु भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल…
  • २६ औं पोखरा सडक महोत्सव सुरु

    आदर्श समाज सम्वाददाता पौष १३, २०८१
    पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरा आयोजनामा फेवाताल किनारमा २६ औं पोखरा सडक महोत्सव शनिबारदेखि सुरु भयो ।…
  • सेन्चुरी ल्होसार मेला तयारी

    आदर्श समाज सम्वाददाता पौष १०, २०८१
    पोखरा । सेन्चुरी युवा क्लबले यही ११–१४ पुससम्म ‘२३ औं सेन्चुरी ल्होसार मेला’ आयोजना गर्ने भएको छ । तमु समुदायको…

hero news full width