खाद्य सुरक्षा र जीविकोपार्जनमा जलवायु परिवर्तनको असर

आदर्श समाज सम्वाददाता
फागुन ११, २०७८
food

पोखरा । जलवायु परिवर्तनको प्रत्यक्ष असर यहाँको खाद्य सुरक्षा र जनजीविकोपार्जनमा देखा परेको भन्दै स्थानीय सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा जिल्ला समन्वय समिति कास्की, गण्डकी प्रदेश नीति तथा योजना आयोग र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजनामा पोखरामा भएको पुनरुत्थानशीलता विश्लेषण तथा जीविकोपार्जनसम्बन्धी कार्यक्रममा सहभागीले जलवायु परिवर्तनका कारण हुन सक्ने खाद्य संकटका लागि बेलैमा सचेत हुनुपर्नेमा जोड दिए ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैनबहादुर क्षेत्रीले जलवायु परिवर्तनले जीवनमा पार्न सक्ने विषयलाई बेलैमा स्थानीय निकायले सम्बोधन गर्नुपर्ने बताए । खाद्य सुरक्षाका लागि पहिले उत्पादन बढाउनु पर्ने, जमिन बाँझो राख्न नहुने, उत्पादित खाद्यान्न सहज र सरल रुपमा बनाउन जनताको क्रयशक्तिमा वृद्धि हुनुपर्ने लगायतका विषयमा जोड दिए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जलवायु परिवर्तनका बाहक बनेका विकसित राष्ट्रले फालेको कार्वन व्यवस्थापनका लागि प्राप्त गर्नुपर्ने रकम नेपालले प्राप्त गर्न नसकेको बताए ।
स्थानीय ज्ञान सीप अनुभव आधारमा जलवायु परिवर्तन र यस्ले पार्ने असरबारे सुझाव संकलन गरी सरकारलाई नीति निर्माण तहमा सघाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रमका गणेश तिमिल्सेनाले बताए ।
गण्डकी प्रदेश योजना आयोगका प्रवीण ढकालले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रमको सहजीकरण विश्व खाद्य कार्यक्रमका विष्णु आचार्य र यज्ञ पुनले गरेका थिए । कार्यक्रममा कास्कीका ५ पालिकाका जनप्रतिनिधिसहित स्थानीय सरोकारवालाको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width